spot_img

गगन थापाको घरदैलोमा बम अाक्रमण, ११ घाइते

काठमाडौं, मङि्सर १८ — काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित ११ जना घाइते भएका छन्। बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम अाक्रमण भएको हो।

थापासहित सबै ११ जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको छ। उम्मेदवार थापालाई बमको छर्राले लागेको छ। उनको ढाडमा चोट लागेको छ। अन्य पाँच जनाको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले जनाएका छन्।

घाइते हुनेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रिना बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा एवं ध्रुव खड्का रहेका छन्। घाइतेमध्ये राजकाजी श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर छ। बमको छर्रा शरीरमा लागेका कारण उनीहरुको अप्रेसन गर्ने तयारी भइरहेको छ।

spot_img

भर्खरै