spot_img

एमालेभित्र भाँडभैलो, गिरी उपस्थित पत्रकार सम्मेलनमा लम्सालको बहिष्कार

पर्वत, मंसिर १८–नेकपा एमाले पर्वतभित्रको विवाद छताछुल्ल भएको छ । एकले अर्कोलाई सक्ने रणनीति अनुसार चुनावीप्रचार थालेपछि पदम गिरी र विकास लम्सालबिच भनाभन भएको छ । लम्सालले निर्वाचनको मौनअवधि सुरुहुनुअघि आयोजना गरेको पत्रकार सम्मेलन नै बहिष्कार गरेका छन् । पदम गिरीको मतलब छैन भन्दै ब्यक्तिगत मत माग्दै हिँडेका विकास लम्सालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी नै नभएका हुन । केही दिनअघि प्रचारका क्रममा दक्षिण भेग गएका पदम गिरी र लम्सालबिच विवाद भएको थियो ।

दुवैपक्षबिच भनाभन भएपछि लम्सालले गिरीलाई किन झर्नुभाको भन्दै घुमाउरो पारामा प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट खोसेकोमा आक्रोश पोखेका थिए । लम्सालको ठाडो आक्रोशपछि पदम गिरी निराश हुदै फर्किएका थिए । त्यसैगरी एमालेका अधिकांश नेताहरु पदम गिरीलाई जिताउदा आफ्नो राजनीति नै धरापमा पर्ने भन्दै अहिले बिरोधमा निस्किएका छन् । बाहिर देखावटी रुपमा गिरीसँगै रहेपनि भित्रभित्र के पदमलाई जिताएर आफ्नो राजनीति आफै कु गर्ने भनेको गोप्य स्रोतले बतायो ।

हुन पनि पदम गिरीले चुनाव जितेभने सबैभन्दा ठुलो क्षति गणेश तिमिल्सिना र विकास लम्साललाई हुनेछ । गणेश तिमिल्सिनाले मुख्यमन्त्री हुनका लागि प्रदेशसभा सदस्यको टिकट लिन होस् वा प्रतिनिधिसभाको टिकट लिन होस, पदम गिरी नै अबरोध बनेका थिए । टिकट बितरणका बेला पदम गिरी अबरोध भएपछि गणेश तिमिल्सिनाको मनमा चिसो पसेको थियो । उनले आफ्ना केही शुभचिन्तकसँग पर्वतमा एमालेमा खासै योगदान नगरेका पदमलाई पार्टी अध्यक्ष बनाएकोमा पश्चताप गरेका थिए । अहिले पार्टी अध्यक्ष केपी ओली निकट रहेका गणेश तिमिल्सिना भन्दा बढी राम्रो सम्बन्ध ओलीसँग पदमले गराइसकेका छन् ।

प्रतिनिधिसभामा टिकट पाउनुको मुख्य कारण नै गणेश तिमिल्सिनाको पहुँच केपी ओलीसम्म नपुग्नु हो । चुनाव जितेमा तिमिल्सिनाको राष्ट्रिय राजनीति नै धरापमा पर्नेछ । कुटिल र चतुर पदम गिरीले गणेश तिमिल्सिना, विकास लम्साल, कल्पना चापागाई, गणेश पौडेल, मोती पौडेल, देबेन्द्रराज पाण्डेय, राजु पौडेल, पदमपाणी शर्माको राजनीति नसकेसम्म आफ्नो राजनीतिक उचाई बढ्दैन भन्ने राम्रोसँग बुझेका छन् । सोमबारको पत्रकार सम्मेलनमा पदम गिरीले आफुले टिकट ल्याउनु नै जित भएको बताउनुको कारण पनि गणेश तिमिल्सिनाको अगाडी शक्ति देखाएका हुन । त्यसैले पछिल्लो समयमा ठुला नेतादेखि तल्लोतहसम्ममा नेकपा एमालेभित्रको विवाद, आरोप, प्रत्यारोप तिब्र बनेको छ । यसले पनि पर्वत जिल्लामा नेकपा एमाले निकै कमजोर बनेको छ ।

spot_img

भर्खरै