spot_img

पर्वतको रानीपानीमा हाटबजार सञ्चालन हुने

साजन परियार, भदौ २१ ।पर्वतको विहादी गाउँपालिका–३ रानीपानीमा पहिलो पटक हाटबजार लाग्ने भएको छ । वि।स २०६७ सालमा स्थापना भएको नमुना कृषि सहकारी संस्थाले प्रत्येक महिनाको शनिवार रानीपानीका विभिन्न स्थानमा हाटबजार लगाएउने भएको हो ।

ग्रामिण क्षेत्रमा उत्पादनलाई सहज तरिकाले बजारसम्म पु¥याउन नयाँ अभियान थालिएको नमुना कृषि सहकारी संस्था रानीपानीका अध्यक्ष रामप्रसाद पराजुलीले बताउनु भयो । हाट बजारमा विहादी गाउँपालिका लगायत हुवास, पोखरा, बुटुवाल लगायतका मुख्य शहरमा विक्रि वितरण गरिने छ ।

ग्रामिण क्षेत्रमा उत्पादन हुने कृषिजन्य बस्तुले उचित नपाएको र ग्राहकले समेत चर्को मुल्य तिनुपर्ने स्थिती नियन्त्रण गर्न हाट बजारले मद्दत गर्ने जानकारी दिँदै उनले कृषकले उत्पादन गरेका कृषि सामग्ीको बजारी करण गर्न समेत हाटबजारले टेवा पु¥याउने बताउनु भयो ।

हाट बजार लाग्ने भएपछि यहाँका कृषक समेत हर्षित भएका छन् । हाट बजार निश्चित समय र स्थानमा लाग्ने भएका कारण आफ्ना उत्पादित बस्तु सहजै बजार ल्याउन र किनेर लैजान सकिने भएकाले आफुहरुलाई सहज हुने रानीपानीका कृषक तुलसी पराजुलीले बताउनु भयो ।

हाटबजारलाई दिगो बनाउन सके किसानहरुमा व्यवसायीकरणमा लाग्न जाँगर आउने रानीपानीका राजनितिककर्मीले बताएका छन् ।

spot_img

भर्खरै