spot_img

ट्राफिक प्रहरी राजश्व उठाउनमै केन्द्रीत भएपछि जिल्ला प्रहरी कार्यालयले थाल्यो सक्रियता

पर्वत, भदौ २१ । पछिल्लो समय पर्वतमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको जनगुनासो बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय पर्वतले सक्रियता देखाएको छ ।

ट्राफिक प्रहरीे राजश्व संकलनमा मात्र केन्द्रित हुँदा सदरमुकाम कुश्मा बजार लगायत आसपासका क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको भन्दै स्थानियले गुनासो गरेका थिए ।

जति धेरै राजश्व संकलन गर्न सक्यो त्यति नै प्रहरी सक्रियता देखिने प्रहरीको कामचलाउ परम्पराको कारण राजश्व संकलन गर्ने तर्फ मात्र केन्द्रीत हुने गरेको हो ।

ट्राफिक व्यवस्थापन पितलो बन्दा कुश्मा बजारमा दुर्घटनाको सम्भावना बढेको भन्दै स्थानियवासीले प्रहरीको चर्को आलोनचा गरेका थिए ।

ट्राफिक व्यवस्थापन सम्वन्धी गुनासो बढ्दै जान थालेपछि जिल्ला प्रहरी कार्यालय पर्वतले यतिवेला सवारी साधान चेकजाँचलाई तीव्र पारेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले लगातार दुई हप्तादेखी गरेको चेकजाँचमन क्रममा ३ सय ५० सवारी साधन कारवाहीमा परेको जनाएको छ ।

प्रहरीका अनुसार दुई सातामा १ लाख ९५ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको उल्लेख गरेको । दैनिक रुपमा प्रहरीले जिल्लाका ३ स्थानमा चेकजाँच गरेको छ ।

spot_img

भर्खरै