spot_img

पर्वतको मोदीवेणीमा महागरुडपुराण पितृ महायज्ञ

साजन परियार,२१ भदौ । पितृपक्षको अवसर पारेर पर्वतको प्रशिद्ध तीर्थस्थल मोदीवेणी निरसिँह धाममा महागरुडपुराण पितृ महायज्ञ शुरु भएको छ । निरसिँह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय समितिद्धारा आयोजना गरिएको पितृ महायज्ञ महागरुडपुराण असोज ४ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

१४ दिनसम्म सञ्चालन हुने महायज्ञको यूवा पण्डित तथा वक्ता दिपेन्द्रराज पौडेल वाट दैनिक महागरुड पुराण वाचन हुने छ । मोदीवेणी दिव्य धाममा चौशठी ज्योतिर्लिङ्ग एवं निरसिँह भगवानको विराट प्रतिमा निर्णय गर्न उदेश्यले महायज्ञको आयोजना गरिएको प्रचारप्रसार संयोजक युवनाथ रेग्मी गौडेलले जानकारी दिनुभयो ।

महायज्ञको बुधवारयज्ञको महाधोज राखेर उद्घाटन गरिएको थियो । महायज्ञको उद्घाटन विश्वहिन्दु महासंघ पर्वतका अध्यक्ष तथा समाजसेवी लोकनाथ आचार्यले गर्नुभएको थियो । उद्घाटन शत्रमा बोल्दै आचार्यले प्रशिद्ध तीर्थस्थल मोदीवेणी विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले मोदीवेणी क्षेत्रमा राज्यको ध्यान पुग्न नसकेका कारण ओझेलमा परेको बताउँदै यसको विकासका लागि महायज्ञले टेवा प्ग्ने बताउनु भयो । उचित संरक्षण र संवद्धनको अभावका कारण यस क्षेत्रको प्रचारप्रसार हुन नसकेको उहाँको भनाई छ ।

कार्यक्रममा आचार्य पण्डित तथा युवा वक्ता दिपेन्द्रराज पौडेल, समाजसेवी मानकुमारी गिरी, मोदीवेणी दिव्य धामका अध्यक्ष गोपालदास बैरागी लगायतले मन्तव्य राख्नुभएको थियो । नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय समितिका संयोजक खुमराज पराजुलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य समाजसेवी कृष्णा लम्साल र कार्यक्रमको सञ्चालन १ सय ८ धाराका अध्यक्ष केशवदास बैरागीले गर्नुभएको थियो ।

गण्डकी तटमा पिण्डदान गरेमा समग्र पितृहरुको उद्धार हुने विश्वास लिईएको छ । महायज्ञमा आत्महत्या, डढेर मुत्यु भएका, भिरवाट खसि मुत्यु भएका, पानीमा डुवेका, अल्पआयुमा परि मुत्यु भएका, विष सेवन गरि मरेका, झण्डिएर मरेका, दुर्घटनामा परि मुत्यु भएका साथै पितृहरुको पिण्डदान एंवतर्पण र नारायण बली आदि कार्य कृष्ण गण्डकीको तटमा सम्पन्न गर्दा अवश्य उद्धार हुने धार्मिक विश्वस छ ।

spot_img

भर्खरै