पवृत, जेठ २–अहिलेसम्मको इतिहासमा सधै कम्युनिष्ट बिजयी हुने एमालेको गढ बिहादी–३ रानीपानीमा नेपाली काँग्रेसले जितेको छ । हरेक निर्वाचनमा काँग्रेसभन्दा दुई सय ५० मतले अघि ठानिएको यो वडामा नेपाली काँग्रेसका उम्मेदवारले सहज रुपमा जितेका छन् ।
वडा अध्यक्षमा चार सय ४८ मत प्राप्त गरी काँग्रेसका रनबहादुर आलेले जितेका छन् । यो वडामा नेकपा एमालेले वडा अध्यक्षमा चार सय २२ मत प्राप्त गरेको छ । माओबादी केन्द्रको एक सय ५५ मत रहेको छ । त्यस्तै गरी गाउँपालिकाको अध्यक्षमा काँग्रेसले तीन सय ६८, एमालेले तीन सय ६६ र माओबादी केन्द्रले दुई सय ६८ मत प्राप्त गरेको छ ।
यता उपाध्यक्षमा काँग्रेसले चार सय १५, एमालेले चार सय १६ र माओबादी केन्द्रले एक सय ६१ मत प्राप्त गरेका छन् । बिहादी गाउँपालिकाका तीन वटा वडाको मत गणना भएकोमा १ र ३ काँग्रेस तथा २ एमालेले जितेको हो ।


