पर्वत, जेठ २–महाशिला गाउँपालिकामा नेकपा एमालेका राजु पौडेल बिजयी भएका छन् । छ वटा वडा रहेको महाशिला गाउँपालिकामा अध्यक्ष पौडेलसहित पाँच वटा वडा अध्यक्ष बिजयी भएका हुन । पौडेलले दुई हजार चार सय ५३ मत पाउदा नेपाली काँग्रेसका कृष्ण गुरुङले दुई हजार १० मत पाए ।
त्यसैगरी उपाध्यक्षमा एमालेका हिरा थापाले दुई हजार चार सय ८३ मत ल्याएर जितिन भने उनका प्रतिद्धन्द्धी काँग्रेसका सिर्जना मल्लले एक हजार नौ सय ५१ मत पाइन । महाशिला गाउँपालिकामा वडा नम्बर १, ३, ४, ५ र ६ नेकपा एमाले र वडा नम्बर २ नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन् ।


