spot_img

पैंयूँमा काँग्रेसका तिवारी बिजयी

पर्वत, जेठ २–पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेस बिजयी भएको छ । मंगलबार सम्पन्न मतगणनामा नेपाली काँग्रेसका खगेन्द्रप्रसाद तिवारीले नौ सय ७७ मतले बिजयी भएका हुन । तिवारीले तीन हजार चार सय ३१ मत पाउदा नेकपा एमालेका मित्रलाल बस्यालले दुई हजार चार सय ५४ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यका अनुसार सोमबारबिहान देखि सुरु भएको मतगणनामा सात वटा वडा रहेको पैंयूँ गाउँपालिकाको मतगणना सकिएको हो । पैंयूँ गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसका जसमती गुरुङ बिजयी भइन् । उनले तीन हजार एक सय ८४ मत पाउदा एमालेकी गोमता शर्माले दुई हजार चार सय ३१ मत पाइन ।
पैंयूँमा नौ हजार आठ सय नौ मतदाता रहेकोमा छ हजार आठ सय २४ मत खसेको थियो । पैंयूँ १,२,६,७ काँग्रेस, ३ र ४ एमाले र ५ नम्बर वडा माओबादी केन्द्रले जितेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।

spot_img

भर्खरै