spot_img

नेपाल मैत्रीपूर्ण फुटबलमा आज भारतसँग भिड्दै

काठमाडौं, भदौ १४ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज भारतको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

आसन्न साफ च्याम्पियनसिप फुटबलको तयारीका रुपमा हेरिएको भारतको पुणेमा हुने आजको खेल नेपालका लागि विशेष हुनेछ ।

फाइल फोटो

हालै काठमाडौंमा सम्पन साफ यु–१९ च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई नै हराउँदै उपाधि जितेको थियो । त्यसैले आज सिनियर नेपाली टोलीमाथि थप दबाब छ ।

फुटबलमा नेपालका लागि भारत सधैं कठीन प्रतिद्धन्द्धीका रुपमा रहेको छ । । दुई वषअघि काठमाडौंमा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई पराजित गरेको थियो ।

त्यसयतमा नेपाली सिनियर टोलीले भारतलाई हराउन सकेको छैन । नेपाल आज पुनः त्यही सफलता दोहो¥याउने लक्ष्यका साथ मैदानमा उत्रिने छ ।

spot_img

भर्खरै