spot_img

कांग्रेस केन्द्रिय कार्य समिति बैठक बस्दै, विशेष महाधिवेशन प्रस्ताव दर्ता हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुने भएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ । बैठकमा पेस गर्ने एजेन्डामा भने अझै सहमति जुटेको छैन । त्यसका लागि आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ ।

शीर्ष नेताहरूबिच लगातार छलफल हुँदै आए पनि केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन । एजेन्डामै सहमति नजुटेको कारण यसअघि आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक आजको लागि सारिएको थियो । नियमित महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक फरक धारणाका कारण कुरा मिल्न नसकेको नेताहरूले बताइरहेका छन् ।

केन्द्रीय समिति बैठकमा देउवा सहभागी हुने

सभापति शेरबहादुर देउवा पनि केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिएपछि सार्वजनिक रूपमा नदेखिएका देउवा बैठकमा सहभागी हुने भएका हुन् ।

spot_img

भर्खरै