पर्वत, कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीको बदमासी छताछुल्ल भएको छ । पर्वत आएदेखि नै किसानको हकहित र कृषि उत्पादकत्व बढाउने भन्दा पनि कमिसनमा आखा लगाएपछि किसान आक्रोशित भएका हुन । अधिकारीले पछिल्लो समयमा किसानका सञ्जालहरुलाई थाहा नै नदिई कमिसन दिनेलाई मात्रै लक्षित गरेर कार्यक्रम दिदै हिडेपछि किसानहरु आक्रोशित भएको बताएका छन् ।
कार्यालयको इन्धन, किसानलाई दिने अनुदान, कार्यालयबाट हुने कार्यक्रममा घोटाला गर्दै आएको आरोप लागेका प्रमुख अधिकारीले पछिल्लो समयमा अनुदानमा समेत कमिसन लिएर कुनै किसानलाई दो¥याएर अनुदान दिने गरेको आरोप छ ।
कृषि ज्ञान केन्द्रबाट दिने सेवामा पारदर्शी नभएको धेरै किसानको गुनासो छ । कृषि ज्ञान केन्द्र पर्वतले गरेको बदमासीको नेपाल किसान महासंघ पर्वतले भण्डाफोर गरेको छ । नेपाल किसान महासंघ पर्वतका अध्यक्ष रघुनाथ गौडेलको नेतृत्वमा कृषि ज्ञान केन्द्र पुगेका किसानहरुले कृषि ज्ञान केन्द्रको बदमासी छताछुल्ल पारेका हुन । एउटै ब्यक्तिलाई धेरै पटक अनुदान दिने तर अत्यावश्यक भएकालाई माग गर्दा पनि वास्ता नगर्ने देखिदा कमिसनको आशंका बढेको किसानहरुको गुनासो छ ।
‘एउटै प्रकारका अनुदानका कार्यक्रम एउटै ब्यक्तिलाई पाँच पटकसम्म गएको छ, अत्यावश्यक भएका किसानले जति माग गर्दा पनि पाएका छैनन्’ अध्यक्ष गौडेलले भने । कृषि ज्ञान केन्द्रले किसानका समस्या र माग भन्दा पनि राजनीतिक रुपमा आफ्ना गतिविधि अगाडी बढाउदै आएको भन्दै गौडेलले आक्रोश पोखेका छन् । गाउँमा रहेका किसानले १० मिटर पाइप नभएर सिंचाई गर्न नपाएको, कृषि ज्ञान केन्द्रले त्यस्ता पीडित किसानलाई बेवास्ता गर्दै आएको पनि उनले बताए । किसानहरुको गुनासोपछि प्रमुख अधिकारी जवाफ बिहिन भएका छन् । किसानहरुमा बितरण गर्ने अनुदान र कार्यक्रममा किन बदमासी भन्ने सोध्ने क्रममा अधिकारीले जवाफ दिन अस्वीकार गरेका छन् ।
कृषि ज्ञान केन्द्र पर्वतको बदमासी, जता कमिसन उतै अनुदान


