पर्वत । जिल्लाको बिहादी गाउँपालिकाले चालु आर्थिक बर्षमा सम्पन्न भएका आयोजना तथा सेवा प्रवाहको विषयमा वडा स्तरमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी जेठ १८ गते देखि पालिकाका सवै वडाहरुमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
गाउँपालिका अध्यक्ष परविन गुरुङले पालिकाका सवै वडाहरुमा सार्वजनिक सुनुवाईसंगै आगामी आर्थिक बर्षका लागि योजना छनौटका लागि सुझाब संकलन समेत गरिने जानकारी दिनुभयो ।
गाउँपालिकाले चालु आर्थिक बर्षको सार्वजनिक सुनुवाई र आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेटका लागि सुझाब संकलन गर्न लागेको हो । जि एण्ड जि मिडिया प्रा.लिले सहजीकरण गर्ने उक्त सार्वजनिक सुनुवाईका लागि सवै वडाहरुको मिति सार्वजनिक भएको छ ।
कार्यक्रम अन्तर्गत जेठ १८ गते शालिग्रामबाट कार्यक्रमको शुरुवात गरिनेछ ।


