spot_img

उराममा काँग्रेसको संगठन सुदृढिकरणका लागि छलफल

पर्वत–नेपाली काँग्रेसको १०० दिने अभियान अन्र्तगत बिहादी गाउँपालिका वडा नम्बर ५ उराममा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । पार्टीको संगठन सुदृढिकरणका लागि स्थानीय नेता कार्यकर्ता र जिल्ला तथा प्रदेशसभा क्षेत्रबाट खटिएका प्रतिनिधिबिच ब्यापक छलफल भएको हो । उक्त वडामा नेपाली काँग्रेस पर्वतले गण्डकी प्रदेशका कार्यसम्पादन समिति सदस्य एवम् युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)लाई खटाएको छ ।
प्रदेशसभा ख क्षेत्रीय कार्यसमितिले सदस्य हरि न्यौपाने र नेपाल महिला संघ बिहादीका अध्यक्ष बिष्णुकुमारी खड्का उक्त वडामा खटिनुभएको छ । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका निबर्तमान सभापति खिमप्रसाद भुसालले संगठन सुदृढिकरणका लागि रणनीतिकरुपमा अगाडी बढ्न स्थानीय नेता कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।
नेपाली काँग्रेसका युवा नेता एवम् गण्डकी प्रदेश कार्यसम्पादन समिति सदस्य यामबहादुर मल्ल (रामकृष्ण)ले पार्टीभित्र गुटउपगुट नभनी राम्रो कामको पछि लाग्न स्थानीय नेता कार्यकर्ताको ध्यानाकर्षण गराउनुभयो । ‘म सभापतिमा लडेपनि कहिल्यै यो र त्यो भनेर हिडिन, त्यसरी कोही आउछ भने खबरदारी गर्नुस्’ मल्लले भन्नुभयो । पार्टीको आन्तरिक निर्वाचनमा पक्ष बिपक्षमा लागेकै कारण विभेद हुने गरेकोतर्फ संकेत गर्दै मल्लले लोकतान्त्रिक बिधिलाई सबैले मान्नुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिले पठाएको १५ बुदे टिओआरअन्र्तगत रहेर काम गर्न निर्देशन दिदै मल्लले विगतका तितामिठा कुरालाई बिर्षेर पार्टीभित्रको एकतालाई मजबुत पार्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सहसचिव तिलकप्रसाद भुसाल, नेपाली काँग्रेस बिहादीका सभापति बिष्णुप्रसाद भुसाल, प्रदेशसभा ख क्षेत्रीय कार्यसमितिका सदस्य हरि न्यौपाने, आनन्दप्रसाद भुसाल, इन्द्रप्रसाद बस्याल, पार्टीका वडा सचिव निरबहादुर थापा, सदस्य नेत्रप्रसाद सापकोटा, उक्त वडाका सदस्य पदका उम्मेदवार कृष्णकुमारी भुसाललगायतले पार्टी संगठन सुदृढिकरणको बिषयमा चिन्ता, चासो तथा सुझाव राख्नुभएको थियो । वडाका उपसभापति चित्रबहादुर थापाको अध्यक्षता र सचिव खगेन्द्रप्रसाद तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा वडा सभापति क्या.नरबहादुर बस्याल कामविशेषले बाहिर जानुभएकोले उहाँ नफर्कदासम्म उपसभापति चित्रबहादुर थापालाई कार्यबहाक सभापतिको जिम्मा दिने निर्णयसमेत भएको छ । त्यसैगरी कार्यक्रममा वडामा हुने विकास निर्माणका साथै जनताका समस्या समाधान गर्न र वडाका जनप्रतिनिधिसंग समन्वय गर्न १० सदस्यीय समन्वय समिति गठन गरिएको छ । समितिमा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्य पदका उम्मेदवार हरिप्रसाद भुसाल, कृष्णकुमारी भुसाल, कार्यबहाक सभापति चित्रबहादुर थापा, सचिव निरबहादुर थापा, खगेन्द्रप्रसाद तिवारी, इन्द्रप्रसाद बस्याल, नेत्र सापकोटा, टिकाराम भुसाल, पुर्णचन्द्र काफ्ले रहनुभएको छ ।

spot_img

भर्खरै