spot_img

पर्वतमा पाठेघर मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिदै

पर्वत–पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियान यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पर्वतमा सञ्चालन हुदैछ । जिल्लाका सात वटै पालिकाका कक्षा ६ देखि १० कक्षासम्मका छात्रालाई यो खोप लगाउन लागिएको हो । त्यसैगरी बिद्यालयभन्दा बाहिर रहेका १० बर्षदेखि १४ बर्ष उमेर समुहका किशोरीलाई पनि यो अभियानमा खोप लगाउने तयारी छ । यसै सन्दर्भमा कुश्मा नगरपालिका स्वास्थ्य शाखाले सोमबार पालिका स्तरीय खोप समितिका पदाधिकारी, पत्रकार र सरोकारवालाबिच छलफल तथा अभियानको बिषयमा अन्तक्रिया गरेको छ ।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले नेपालमा पनि भयावह रुपमा देखा पर्न थालेको पाठेघरको मुखको क्यान्सरबिरुद्ध सरकारले सुरु गरेको खोप अभियानमा सबैले साथ र सहयोग गर्र्नुपर्ने बताउनुभयो । खानपान, शारिरिक ब्यायाम नहुनु लगायत विभिन्न कारणले रोग लाग्ने भएकाले रोग लाग्नुअघि नै जोगिने उपाय अवलम्वन गर्नुपर्नेमा जोड दिदै नगर प्रमुख जोशीले कुश्मा नगरपालिकाका स्वास्थ्यकर्मी र सबै जनप्रतिनिधिलाई अभियान शत प्रतिशत सफल पार्न खटिन आग्रह गर्नुभएको थियो ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेलले एचपीभी खोप अत्यन्तै महत्वपूर्ण रहेकोले तोकिएका कोही पनि छात्राहरु छुट्न नहुनेमा स्वास्थ्यकर्मी र वडाका जनप्रतिनिधिको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले क्यान्सरजस्तो रोगप्रति सबै संबेदनशिल र सचेत बन्नुपर्नेमा जोड दिदै अभियानमा साथ दिन प्रत्येक वडाका जनप्रतिनिधिहरुले समेत चासो राखेर खटिन आग्रह गर्नुभएको थियो ।
कुश्मा नगरपालिकाभित्रका सबै बिद्यालयमा स्वास्थ्यकर्मीको टीम खटिने र झण्डै एक हजार पाँच सय छात्रालाई एचपीभी खोप लगाउने तयारी गरिएको कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । ‘विद्यालयमा पढ्ने लक्षित छात्रालाई बिद्यालयमै र विद्यालयभन्दा बाहिर रहेका किशोरीलाई पायक पर्ने ठाउँमा खोप लगाउने ब्यवस्था मिलाएका छौ’ शर्माले भन्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सुमन शर्माले पाठेघरको मुखको क्यान्सरको अवस्थाका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो । जनस्वास्थ्य अधिकृत शर्माकाअनुसार गम्भीर प्रकृतिको एलर्जी, गर्भवती महिलाको लागि यो खोप लगाउन मिल्दैन । केन्द्रबाट जारी भएको निर्देशिका अनुसार खोप लगाउने पनि उहाँले जानकारी गराउनुभएको थियो । कुश्मा नगरपालिकाका नगर प्रमुख जोशीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्मा र स्वागत अनमी दुर्गाकुमारी शर्माले गनुर््भएको थियो ।

spot_img

भर्खरै