spot_img

उत्पादन भएको बस्तु पालिकाले नै बिक्री गरिदिन्छ : अध्यक्ष गुरुङ

पर्वत/बिहादी गाउँपालिकामा उत्पादन भएको बस्तु बिक्री गर्न किसान तथा उद्यमीले दुःख नपाउने भएका छन् । कृषि होस् वा अन्य बस्तु होस् गाउँपालिकाले नै बजार पु¥याएर बिक्री गरिदिने भएको हो । बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले बिहादीका जनताले उत्पादन गरेको बस्तु बिक्री नहुने समस्या अन्त्य भएको घोषणा गर्नुभएको छ ।
बिहादी गाउँपालिका वडा नम्वर ६ छापामा आज (सोमबार) महिला मुक्ति आमा समुहले निर्माण गरेको सामुदायिक भवनको उद्घाटन गर्दै गुरुङले उत्पादन भएको बस्तु गाउँपालिकाले नै बिक्री गरिदिने घोषणा गर्नुभयो । ‘भवन निर्माण भएको छ, भवनलाई उत्पादनमुखी, उपयोगमुखी र परिणाममुखी बनाउनुस्’ उहाले भन्नुभयाे–‘सबैभन्दा ठुलो कुरा आयआर्जनमा लाग्नुस्, तपाईहरुले उत्पादन गरेको बस्तु बिक्री गर्न समस्या हुँदैन, बिक्रीको जिम्मा पालिकाले लिन्छ ।’
महिला दिदीबहिनीहरु पनि परिवारका अन्य सदस्यसंग आश्रित नबनी आफै उद्यमी बन्न आग्रह गर्दै अध्यक्ष गुरुङले उत्पादन भएको सामान बिक्री गर्नका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारीमा रहेको जानकारी दिनुभयो । आयआर्जनका लागि कुनै साथ सहयोग चाहिएमा माग गर्न आग्रह गर्दै गुरुङले समुह बनाएर दिदीबहिनीहरु आएमा आवश्यक तालिमहरु प्रदान गर्न बिहादी गाउँपालिका सधै तत्पर रहेको बताउनुभयो । गुरुङले महिला समुहले निर्माण गरेको भवनको ट्रष्ट पालिकाले निर्माण गरिदिने घोषणा पनि गर्नुभएको थियो ।
महिला समुहकी अध्यक्ष सिता थापाले गाउँमा बसेर आयआर्जनमा लाग्न आफुहरु इच्छुक रहेको बताउनुभएको थियो । समुहकी अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य बिजय क्षेत्री, बिहादी ६ का वडा अध्यक्ष मनबहादुर बस्याल, पुर्व वडाअध्यक्ष टेकबहादुर थापा, युवा समाजसेवी दिपक थापालगायतले बोल्नुभएको थियो ।

spot_img

भर्खरै