spot_img

पैयूँमा बजार अनुगमन तिव्र, गैरकानुनी पसललाई कानुनी दायरामा ल्याईने

पर्वत / पैयूँ गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाको नेतृत्वमा पालिकाकाे बजारक्षेत्रमा अनुगमन गरिएको हाे ।  इलाका प्रहरी कार्यालय हुवास, उद्योग वाणिज्य संघ हुवास उपशाखाको समन्वयमा बजार अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए । गैरेका अनुसार दैनिक उपभाेग्य सामानको बिल, दर्ता गरेको/ नगरेको, सामानको उत्पादन र म्याद सकिने मिति मिसावट लगायतका गतिविधि नियन्त्रणका लागि अनुगमन कार्यलाई तिव्रता दिईएको छ ।
अनुगमनका क्रममा धेरै पसलले दर्ता नगरेको, उपभोक्ता, व्यवसायीले खाद्य वस्तुको उत्पादन मितिका बारेमा चासो नदिने गरेको, मदिरा इजाजतपत्र नलिई विक्रीवितरण गरेको, मूल्य सूची, साइन बोर्ड नराखिएको, व्यवसाय दर्ता नगरेको र दर्तावालाले नवीकरण नगरेको पाइएको पैयूँ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गैरेले बताए ।`पहिलाे पटकका लागि कानुनीदायरामा ल्याउन समय दिएका छाै, अब पनि दाेहाेरिएमा कारबाहीकाे प्रक्रियामा जान्छाै´ उनले भने ।

spot_img

भर्खरै