spot_img

बासखर्कमा काँग्रेसको भेटघाट, कार्यकर्ताको मनोभावना बुझेर काम गर्न जनप्रतिनिधिलाई युवा नेता मल्लको आग्रह

पर्वत, नेपाली काँग्रेसका युवा नेता एवम् गण्डकी प्रदेश सदस्य यामबहादुर मल्ल (रामकृष्ण)ले जनप्रतिनिधिलाई कार्यकर्ताको मनोभावना बुझेर काम गर्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस पर्वत प्रदेश सभा ’क’ क्षेत्रीय कार्यसमितिद्वारा जलजला १ बासखर्कमा आयोजित कार्यकर्ता भेटघाट, प्रशिक्षण तथा अग्रज सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मल्लले जनप्रतिनिधिमाथि आएका गुनासालाई समाधान गर्न आग्रह गर्नुभयो ।
‘अपेक्षाअनुसार काम नभएका गुनासा आएका छन्, कार्यकर्ताको मनोभावनाअनुसार काम गर्न आग्रह गर्दछु’ उहाँले भन्नुभयो । जलजला गाउँपालिकामा आफु गाउँपालिका हुँदादेखिका विकास निर्माणका काम र आगामी दिनमा गर्नुपर्ने विकास निर्माणका कामका बारेमा चर्चा गर्दै मल्लले अवको पहिलो प्राथमिकता बाँसखर्कका सुन्तला सहज रुपमा बजारसम्म लैजानका लागि वारीबेनीदेखि बासखर्कसम्मको सडक कालोपत्रे हुनुपर्नेमा जोड दिनुभयो । जलजलामा विकास निर्माणका काममा नेपाली काँग्रेसको भुमिका र सक्रियता महत्वपूर्ण रहेको पनि युवा नेता मल्लले दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सभा क का सभापति राजकुमार क्षेत्रीले नेपाली काँग्रेस भावनात्मक रुपमा एक भएर सक्रियता देखाएमा कुनै तागतले कमजोर पार्न नसक्ने बताउनुभयो । क्षेत्रीले अव लोकतन्त्रबादी ७५ बर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान अभियान थालिएको पनि जानकारी दिनुभएको थियो ।
उक्त कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य राजुप्रसाद आचार्य, नेपाली कांग्रेस जलजला गाउँपालिकाका सभापति इन्दुप्रकाश पौडेल, नेपाल ट्रेड युनियन जिल्ला शाखा पर्वतका सभापति सुरेन्द्र केसी, नेपाली कांग्रेस प्रदेश सभा क का क्षेत्रीय कोषाध्यक्ष चित्रकला शर्मा भारती, नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष अजय पोखरेल, नेपाली कांग्रेस मोदी गाउँपालिकाका सभापति निर्दोष लामिछाने जलजला गाउँपालिकाका सचिव युवराज अर्मजा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

spot_img

भर्खरै