spot_img

पैयूँको विकास र समृद्धिका लागि छलफल

पर्वत/पैयूँ गाउँपालिकाको विकास र समृद्धिका लागि सरोकारवालाहरुबिच छलफल गरिएको छ । गाउँपालिकाले स्थानीय राजनीतिक दल, जनप्रतिनिधिहरु, विभिन्न संघसंस्था तथा बृद्धिजिविहरुसहितको छलफल गरेको हो । गाउँपालिकाले हालसम्म गरेका कामहरु सार्वजनिक गर्दै पालिकाभित्र गर्नुपर्ने बिषयमा सरोकारवालाहरुसंग सुझाव लिएको छ । पालिकाभित्रका विकासका सबै क्षेत्रका बिषयमा छलफल गरिएको पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले जानकारी दिए ।

‘हालसम्म गरेका कामको बिषयमा जानकारी गराउने र पैयूँ गाउँपालिकामा आवश्यक र सुधार गर्नुपर्ने विकासका सबै क्षेत्रका बिषयमा सुझाव लिनका लागि छलफल तथा अन्र्तक्रिया गरेका हौ’ अध्यक्ष मल्लले भने–‘गाउँपालिकाले के के गरेको छ भन्ने कुरा पालिकाभित्रका बासिन्दाले थाहा पाउनुपर्छ भनेर नै गत आर्थिक बर्ष भए गरेका काम प्रस्तुत गरी आगामी दिनमा के के गर्न सकिन्छ भनेर छलफल चलाएका हौ ।’ उनले पैयूँ गाउँपालिकामा बसपार्क निर्माण, बिद्युतिकरणलाई सही रुपमा ब्यवस्थापन, सडकहरुलाई स्तरोन्नती, शैक्षिक सुधार, पर्यटकीय क्षेत्रहरुको उचित विकास तथा प्रचारप्रसार, अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने दिशामा अगाडी बढ्ने पनि जानकारी दिए ।
अन्र्तक्रियामा उठेका र पालिकाको पहल र प्रयासबाट हुने काममा पैयूँ गाउँपालिका अग्रसर भएर लाग्ने पनि दाबी गरे । कार्यक्रममा राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरु, पूर्वजनप्रतिनिधिहरु, समाजसेवी तथा राजनीतिककर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजीव रिमालले आथिक बर्ष २०७९÷०८० को बार्षिक कार्य प्रगति प्रस्तुत गरेका थिए । त्यसैगरी अध्यक्ष ठकुरीसहित उपाध्यक्ष यामकुमारी राना, लेखा अधिकृत सरोज पराजुलीले पनि गाउँपालिकाले गरेका र समेट्ने बिषयमा सहभागीलाई जानकारी गराएका थिए ।

spot_img

भर्खरै