spot_img

साइवर अपराधमा आरके अदिप्त गिरीमाथि पक्राउ पुर्जी, मध्यरातीदेखि फरार

पर्वत/बागलुङ घर भई पर्वत सदरमुकाम कुश्मा बस्दै आएका एक युवामाथि पर्वत जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । विद्युतीय कारोबार ऐन विपरित सामाजिक सञ्जालमा केही महिनादेखि निरन्तर पेशा र ब्यक्तिगत रुपमा गालीगलौचमा उत्रदै आएका बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका ३८ बर्षिय आरके अदिप्त गिरी भन्ने रमेश थापामाथि पक्राउ पुर्जी जारी भएको हो ।
पर्वतका पत्रकारबिरुद्ध निरन्तररुपमा सामाजिक प्रतिष्ठा गुम्ने र मानमर्दन हुने तवरले गालीगलौचमा उत्रिएका गिरीमाथि सोमबार पर्वत जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको पर्वत प्रहरी प्रमुख मधुसुदन न्यौपानेले जानकारी दिए । सामाजिक सञ्जालमा ब्यक्ति र पेशालाई तोकेर चोर, लुटेरा, दलाल, तस्कर, बिचौलियालगायतका अश्लील शब्दमार्फत गालीगलौच गर्दै आएका आरके अदिप्त गिरीलाई पटक–पटक सम्झाउने प्रयासमा पनि उनी थप उत्तेजित भएर उत्रिएका थिए । उनी थप गालीगलौचमा उत्रिएपछि पर्वतका पत्रकारहरुले किटानी जाहेरी दिएका हुन ।
जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीपछि सोमबार पर्वत जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । आरोपितले पेशागत मर्यादा र सामाजिक प्रतिष्ठामा आँच आउने गरी नाम नै किटान गरेर असभ्य शब्द सहितका सामग्रीहरु राखेपछि पत्रकारहरुले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही गर्न माग गरेका छन् । जाहेरी अध्ययनपछि प्रहरीले सोमबार पक्राउ पुर्जी लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख न्यौपानेले सोमबारबाटै खोजीगरेपनि आरके अदिप्त गिरी भन्ने रमेश थापा मध्यरातीदेखि फरार भएका छन् ।

spot_img

भर्खरै