spot_img

‘क्लीन फलेबास, ग्रीन फलेबास’ खारेज गर्न प्रवक्ताको माग

पर्वत, २१ जेठ–फलेबास नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले ‘क्लीन फलेबास, ग्रीन फलेबास’ कार्यक्रम खारेज गर्न माग गरेका छन् । यसअघिका जनप्रतिनिधिले ल्याएको यो कार्यक्रम कार्यकर्ता जागिर खुवाउने माध्यमबाहेक केही उपलब्धी हुन नसकेको भन्दै उनले खारेज गर्न माग गरेका हुन । महालेखा परिक्षकको कार्यालयले समेत कार्यक्रमको औचित्य नरहेको उल्लेख गरेको भन्दै उनले नगरपालिकाको बार्षिक झण्डै ३२ लाख रुपैयाँ फजुल खर्च भइरहेकोले रोग्न माग गरेका हुन ।
‘फलेबास नगरपालिकामा यसअघि कार्यकर्तालाई जागिर खुवाउन भनेर क्लिन फलेबास, ग्रीन फलेबास कार्यक्रम ल्याइएको रहेछ’ तिवारीले भने–‘महालेखाको प्रतिवेदनले यो कार्यक्रमको औचित्यमाथी प्रश्न उठाएको छ, नगरपालिकाको बार्षिक झण्डै ३२ लाख रुपैयाँ रकम यसरी फजुल खर्च भइरहेको हुँदा यो रोग्न माग गर्दछु ।’ उनले आफुहरु नयाँ जनप्रतिनिधि भएर आएपछि एक बर्षसम्म हेर्दा पनि पालिकामा विकासको नाममा आएको रकम यो कार्यक्रममा फजुल खर्च भएको देखिएको पनि बताए ।
फलेबास नगरपालिकाभित्रका बेथिति र बिसंगतीको बिषयमा बोल्दा पनि सुधार नभएको स्वयम् नगरका प्रवक्ता तिवारीले गुनासो गरेका छन् । एकै ओहोदामा रहेपनि कार्यालय सहयोगी र सहायकबिच नै तलवमानमा विभेद रहेको उनले दाबी गरे । ‘बैठकमा हरेक पटक कुरा उठाए तर मेरो कुरा सुनुवाई नै भएन’ नेपाली काँग्रेस पर्वतका सहसचिव र प्रवक्तासमेत रहेका तिवारीले भने–‘फलेबासी जनताले पुरानै पारामा काम गर्नका लागि हामीलाई यहाँ पु¥याएका होइनन् ।’

spot_img

भर्खरै