spot_img

कुश्मामा ३० जना मेलमिलापकर्ता तयार

पर्वत\पर्वतस्थित कुश्मा नगरपालिकाले १४ वटा वडाका ३० जनालाई मेलमिलाप सम्बन्धी तालिम प्रदान गरेको छ । न्यायिक समिति मातहत रहने गरि ती मेलमिलापकर्तालाई चैत ३ गतेदेखि सुरु गरिएको तालिम बुधबार समापन गरिएको हो । वडास्तरमा हुने साना घटना वडामै मिलाउने गरि न्यायिक समिति अन्र्तगत मेलमिलापकर्ताले काम गर्ने प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेलले जानकारी दिए ।
तालिम समापनमा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले तालिमले मेलमिलापकर्ताको सीपमा निखरता आएको आफुले महसुस गरेको बताए । ‘पक्कैपनि तालिममा सहभागी मेलमिलापकर्तामा तालिमपछि कानुनी पक्ष र न्याय तथा अन्यायका बिषयमा निखरता र ज्ञान प्राप्त भएको महसुस गरेको छु’ उनले भने । मिलापत्रद्वारा विवाद मिलाउने सहजकर्ताको रुपमा मेलमिलापकर्ताले काम गर्न नगर प्रमुख जोशीले आग्रह गरे । तालिमपछी वडास्तरमा मेलमिलाप केन्द्र खडा गरि सबैको चित्त बुझ्ने गरि काम गर्न मेलमिलापकर्तालाई जोशीले आग्रह गरे । मेलमिलापकर्ताले सहमति र सहकार्यको माध्यमबाट दिगो रुपमा विवादको निरुपण गर्नेमा नगरपालिका ढुक्क रहेको जोशीले बताए ।
नगर उपप्रमुख स्वस्थानी रिजालले २४ वटा मुद्धा मात्रै मिलाउने जिम्मा न्यायिक समितिलाई प्राप्त भएको र ती विवाद पनि जर्वजस्ति नभई सहमतिका आधारमा मिलाउनुपर्ने दायित्व रहेको बताइन । मेलमिलापकर्ता कुनै पनि रुपमा पुर्वाग्राही बन्न नहुने कुरामा सचेत रहन अनुरोध गर्दै रिजालले कुश्मा नगरपालिकाको न्यायिक समितिलाई प्रभावकारी बनाउने र वडावडामा मेलमिलाप केन्द्र सञ्चालन गरि न्यायिक अनुभूति प्रत्येक नागरिक समक्ष पु¥याउने प्रतिबद्धता जनाइन ।
प्रमुख प्रसासकिय अधिकृत चण्डिका पौडेल, समाजिक विकास समितिका संयोजक एवं कुश्मा–६ का वडा अध्यक्ष ईश्वर गिरी, कुश्मा ७ का वडा अध्यक्ष परशुराम पुरी, कुश्मा ११ का वडा अध्यक्ष वावुराम पौडेल, कुश्मा ९ का वडा अध्यक्ष राम शर्मा लामिछाने, कुश्मा ३ का अध्यक्ष तेजप्रसाद पाध्या लगायत उपस्थित थिए । तालिम समापन कार्यक्रममा न्यायिक समितिका सदस्य शिवलाल सार्की, सहभागिको तर्फबाट सुरेश पिसि, लक्ष्मी पुन लगायतले बोलेका थिए । कार्यक्रम नगरप्रमुख रामचन्द्र जोशीको प्रमुख आतिथ्यता, उपप्रमुख स्वस्थानी रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन नगरपालिकाका कर्मचारी बिन्दु शर्माले गरेकी थिइन । कार्यक्रममा न्यायिक समितिका संयोजक उपप्रमुख रिजालले मेलमिलापकर्तालाई सपथ खुवाएकी थिइन ।

spot_img

भर्खरै