अर्जुन क्षेत्री/दिपक केसीको काली पुल तरेर पञ्चेबाजाको गीत सार्वजनिक भएको छ । अमेरिकामा बसेर पनि लोकदोहोरीमा सक्रिय रहदै आएका दिपक केसीद्वारा शब्द रचना गरिएको पञ्चेबाजाको गीत सार्वजनिक भएको हो । केसीको शव्दमा ईश्वर सिंहको लय र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको पञ्चेबाजा ‘लाली फुल छरेर, वाग्लुङ तिर जाउँ हिड मायाले काली पुल तरेर’ भन्ने बोलको कर्णप्रिय गित स्रोता दर्शक माझ आएको छ ।
यो गित दर्शक तथा स्रोतामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ । उक्त गित दिपक केसी नामक युट्युव च्यानलबाट स्रोता दर्शकमाझ आएको छ । मौलिक संस्कृतिमा आधारीत रहेको उक्त गितको छायाँकन भने नेपालमै गरिएको हो । ‘काली पुल तरेर’ पञ्चेबाजाको ऐरेन्ज आसिष अविरल, निर्देशन दिलिप रेग्मी, अभिनय सारीका केसी र सुजन केसीले गरेका छन् । उक्त गितको व्यवस्थापन निर क्षेत्रीले गरेका हुन् ।