पर्वत/ सदरमुकाम कुश्माबजारकाे मध्यभागमै जमिन भासिएकाे छ । कुश्मा वडा नम्बर ५ स्थित लाेकतन्त्रचाेकसंगै जमिन भासिएकाे हाे । रातिदेखि परेकाे बर्षाले जमिन गलेर भासिएकाे छ । भासिएकाे ठाउँ जिल्ला प्रशासन र जिल्ला समन्वय समितिकाे प्रवेशद्वारबाट १० मिटर मात्रै नजिक छ । भासिएकाे ठाउँमा मर्मतकाे काम सुरु गरिएकाे छ ।



