spot_img

दिपक केसीको शब्द लेखनमा लोकदोहोरी गित ‘ए मैना’ सार्वजनिक

अर्जुन क्षेत्री\अमेरिका
दिपक केसीको शब्द रहेको लोकदोहोरी गित ‘ए मैना’ सार्वजनिक भएको छ । गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा मौलिक लोक दोहोरी गीत ‘ए मैना’ गीत सार्वजनिक भएके हो । झझल्को डिजिटल मिडियाको अफिसियल युट्युवमार्फत उक्त भिडियोसहितको गित सार्वजनिक भएको हो ।
प्रवासमा रहेर पनि नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय रहेका दिपक केसीको शब्द सिर्जनामा रहेको यो गितले थुप्रै स्रोता तथा दर्शकले मन पराउने अपेक्षा गरिएको छ । गीतमा प्रेमील जोडीविचको रोमान्चक कुराकानीलाई ब्यक्त गरिएको छ । राम केसीको छायाँकन, अमृत चापागाईको सम्पादन तथा दिलिप रेग्मीको निर्देशनमा भिडियो तयार गरिएको छ । ‘ए मैना’ गीतको भिडियोमा लोमस शर्मा र नम्रता सापकोटाले अभिनय गरेका छन् ।
गीतको शब्द सिर्जनामा सक्रिय दिपक केसीले शिखर छुने छ, पिरतीको छातालगायतका गित सिर्जना गरिसकेका छन् । बागलुङ नगरपालिका ३ खहरे घर भएका केसी विगत पाँच बर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

spot_img

भर्खरै