spot_img

उद्योगी, ब्यावसायीलाई जलजला गाउँपालिकाले लिने करमा विशेष छुटको ब्यवस्था

पर्वत, माघ २६–जलजला गाउँपालिकाले चालु आर्थिक बर्षमा गाउँपालिकामा तिर्नुपर्ने करमा विशेष छुटको ब्यवस्था गरेको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को विशेष प्रस्तावमा लकडाउन अवधिमा उद्योगी, ब्यावसायी पनि प्रभावित भएको भन्दै गाउँपालिकाले करमा छुट दिने निर्णय गरेको हो । पर्वत उद्योग बाणिज्य संघ जलजला उपशाखाको १० औ साधारणसभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै मल्लले गाउँपालिकाले केही महिनाअघि करमा छुट दिने निर्णय गरेपनि कतिपय ब्यावसायीले जानकारी नपाएको गुनासो गरेपछि पुनः गाउँपालिकाले गरेको निर्णय ब्यावसायीलाई जानकारी गराएका हुन ।
‘मेरो विशेष प्रस्तावमा गाउँपालिकाभित्रका उद्योगी ब्यावसायीले तिर्नुपर्ने करमा छुट दिने गाउँपालिकाले निर्णय गरेको थियो, त्यो कतिपय ब्यावसायीलाई जानकारी रहेन्छ’ अध्यक्ष मल्लले भने । उनले लामो समय लकडाउनले उद्योगी ब्यावसायीले भाडासमेत तिर्न नसकेको सन्दर्भमा गाउँपालिकाले छुटको ब्यवस्था मिलाएको बताए ।
उनले गत निर्वाचनमा सबै दलले अव कहिल्यै पनि बिरोधको रुपमा बन्द नगर्ने प्रतिबद्धता जनाएपनि पुनः बन्द हुन थालेको भन्दै अध्यक्ष मल्लले जलजला गाउँपालिकाले अव जसले बन्द गरेपनि नमान्ने बताए । ‘अव पनि बन्द हडताल गरेर आफ्ना माग पुरा गर्छु भन्ने मानसिकता कसैले बनाउनुहुँदैन’ उनले भने–‘अव जुन पार्टी वा संगठनले बन्द हडताल गरेपनि जलजलाभित्रका उद्योग, ब्यावसाय, शैक्षिक संस्था, कार्यालय, बजार, यातायात खुल्छन् ।’ पर्वत उद्योग बाणिज्य संघ जलजला उपशाखाको अधिवेशनले चित्रराज रेग्मीको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।

spot_img

भर्खरै