अमेरिका। गोर्खा नगरपालिका १ मा जन्मि हाल अमेरिकाको बाल्टिमोर मा बसोबास गर्दै आएका सर्जक उदय भट्टराईको १३ औ गिती संग्रह ‘किन माया लाउछ’ सार्वजनिक भएको छ ।
सर्जक भट्टराईको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त लोकदोहोरी गीत बियोगान्त कथा बस्तुमा निर्माण भएको हो । अहिलेका चर्चित गायक,गायिका खेम सेन्चुरी र सुनिता बुढा क्षेत्री को सुमधुर स्वर लहरिमा सजिएको यो गीतको लय स्वयं उदय भट्टराईको रहेको छ ।
युवा निर्देशक बिनोद भण्डारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा ओबी रायमाझी र रोस्नी कार्कीको अभिनय रहेको छ । सर्जक भट्टराईका धोका दियौनी, धागो राम्रो घुम्ने चर्खाको , कति मिठो बोली जस्ता सफल गीतहरु बजारमा प्रस्तुत भैसकेका छन् ।