spot_img

स्वर्गीय कुसीराम अधिकारीको जस्तो इमान्दारिता र निष्ठा सबैमा हुनु जरुरी छ : जोशी

पर्वत, असोज ४–नेपाली काँग्रेसका केन्द्रीय सदस्य, स्थानीय तह समन्वय विभागका केन्द्रीय संयोजक एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले कुश्मा–९ कटुवाचौपारीका कुसीराम अधिकारीको निधनप्रति दुःख ब्यक्त गरेका छन् । आइतबार घरमै पुगेर अधिकारीका परिवारजनलाई समवेदना दिएका जोशीले स्वर्गीय अधिकारीले नेपाली काँग्रेसका प्रति सधै इमान्दारिता, निष्ठावानरुपमा काम गर्दै आएको बताए । ‘कुसीराम पार्टीका लागि इमान्दार, निष्ठावान त हुनुहुन्थ्यो नै समाजका लागि पनि एक कुशल सामाजिक अगुवा हुनुहुन्थ्यो, उहाँको निधन थाहा पाएपछि निकै दुःखी भए’ जोशीले भने । स्वर्गीय अधिकारीको जस्तो इमान्दारिता, निष्ठा सबै काँग्रेसका नेता कार्यकर्तामा हुनुपर्नेमा जोड दिदै जोशीले कुसीरामको निधनको शोकलाई शक्तिमा बदलेर काम गर्न आग्रह गरे ।
सो अवसरमा नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश संयोजक शिव शर्मा अधिकारी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, पूर्वअध्यक्ष एवम् रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, कुश्मा नगरपालिका ९ का वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने, नेपाली काँग्रेस कुश्मा ९ का वडा सभापति पिताम्बर अधिकारी, नेपाल बिद्यार्थी संघका नेता राजीव लामिछाने, निजामति कर्मचारी आधिकारिक टे«ड युनियन पर्वतका उपाध्यक्ष एवम् राम शर्मा लामिछाने लगायतको सहभागिता रहेको थियो ।

spot_img

भर्खरै