spot_img

ब्लक उद्योगको नाममा सञ्चालित क्रसर उद्योग जलजला गाउँपालिकाद्वारा बन्द

पर्वत, असोज ४–जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा अबैध रुपमा सञ्चालनमा रहेको क्रसर उद्योगमा जलजला गाउँपालिकाले सुचना टाँस गरी बन्द गराएको छ । बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगको नाममा सञ्चालनमा रहेको क्रसर उद्योगलाई जलजला गाउँपालिकाको कार्यपालिका बैठकले बन्द गराउने निर्णय गरी सुचना टाँस गरेर बन्द गराएको हो । जलजला–७ का बागविर घर्ती क्षेत्री र शिवबहादुर घर्ती क्षेत्रीले बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगको नाममा उक्त क्रसर चलाउदै आएका थिए ।
अबैध रुपमा ब्लक उद्योगको नाममा क्रसर चलाएको र उक्त क्रसरले मापदण्ड बिपरित कालीगण्डकी नदी दोहन गर्दै आएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न सरोकारवाला निकायमा उजुरी गर्दै आएका थिए । अख्तियारले जलजला गाउँपालिकामा यथार्थ बुझेर खुलाई पठाइदिन अनुरोध गरेपछि गाउँपालिकाले स्थलगत रुपमा अनुगमन गर्नका लागि अनुगमन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनका आधारमा गाउँकार्यपालिकाको बैठकले त्यस ब्यावसायलाई कानुनी प्रक्रिया पु¥याई सञ्चालन गर्न गाउँपालिकाले पटक–पटक ताकेता गर्दा पनि कुनै कागजात पेश नगरेको र क्रसर उद्योग सञ्चालन सम्बन्धी प्रचलित कानुनी ब्यवस्था र गाउँपालिकाले दिएको निर्देशनको बारम्बार अवज्ञा गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यसअघि ०७६ बैशाख ९ मा उद्योग बन्द गर्न निर्देशन दिएको थियो । तर पालिकाको सम्पूर्ण निर्देशन अटेर गरेपनि गाउँपालिकाले ब्यापारिक फर्मको दर्ता, अनुमति, नविकरण, खारेजी, अनुगमन र नियमन कार्यविधि २०७५ को दफा १० को उपदफा ४ बमोजिम आठौ गाउँसभाले बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगलाई खारेज गर्ने र गाउँपालिकाबाट उपलब्ध हुने सेवा सुविधा बन्द गर्ने निर्णय गरेको थियो । त्यतिगर्दा पनि क्रसर सञ्चालनमा रहेपनि स्थानीय प्रशासनको सहयोगमा गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को ञ (६) को अधिकार प्रयोग गरी आइतबार उद्योगमै पवुगेर बन्द गराएको जलजला गाउँपालिकाले जनाएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले क्रसर उद्योग चलाउने भएमा सबै प्रक्रिया पु¥याउनका लागि लामो समय गाउँपालिकाले समय दिएपनि गाउँपालिकामा एउटा कागजात पनि पेश नगर्ने र अटेर गरेपछि बाध्य भएर अनुगमन समितिको प्रतिवेदनका आधारमा गाउँसभाको निर्णयको आधारमा बागेश्वरी ब्लक उद्योगले चलाएको क्रसर उद्योग सुचना टाँस गरेर बन्द गराएको जानकारी दिए ।

spot_img

भर्खरै