spot_img

जलजलाका युवा नेपाली काँग्रेसमा प्रवेश

पर्वत, भदौ २२–जलजला गाउँपालिकाका दुई युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । तीन वटै सरकार नेकपाको भएपनि जनतामा भ्रम छर्नेबाहेक जनजीविकाको बिषयमा असफल भएको भन्दै ती युवा नेपाली काँग्रेसका प्रवेश गरेका हुन । देशमा दुईतिहाइको नेकपा सरकारले पूर्व प्रतिबद्धता अनुसारको काम गर्न नसकेको भन्दै सोमवार जलजला–६ शालिजाका दुईजना युवाहरू नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गर्ने युवाहरूमा जीतबहादुर खोर्जा पुन र जगबहादुर गर्वुजा रहेका छन् । उनीहरूलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेसको पार्टी सदस्यता प्रदान गरेका थिए । पार्टी सदस्यता प्रदान गर्दै नेता जोशीले काँग्रेस आफ्नो स्थापनाकालदेखि नै सामाजिक न्याय र जनताको सर्वोच्चताको लागि निरन्तर संघर्ष गरेको वताउँदै यो पार्टीमा आवद्ध सबैको न्याय हुने वताए । काँग्रेस नेता जोशीले एउटा पार्टी परित्याग गरि अर्को पार्टी प्रवेश गर्नु मात्रै ठूलो कुरा नभएर संगठनप्रतिको गतिशीलता र निष्ठाबाट मात्रै कार्यकर्ताको मूल्यांकन गरिने वताए ।

सोही कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सचिव अशोक उचै ठकुरी र नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले समेत नव आगन्तुक युवाहरूलाई स्वागत गरेका थिए । काँग्रेसका युवा नेता मल्लले यसअघि पनि जलजला गाउँपालिकाबाट विभिन्न मितिमा नेकपाका सयौं युवाहरू नेपाली काँग्रेसमा प्रवेश गराइसकेका छन् । सोमबारको पार्टी प्रवेशपछि नवप्रवेसी युवाहरूले दुईतिहाइको सरकारले देशमा सुशासन र समृद्धि दिन नसकेको भन्दै काँग्रेसप्रति नै आफ्नो विश्वास बढ्दै गएकोले पार्टी प्रवेश गरेको वताएका थिए ।

spot_img

भर्खरै