छविलाल तिवारी
पर्वत, असार ६–गएरातीदेखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा पोखरा–बागलुङ सडक अबरुद्ध भएको छ । कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारास्थित पाङ जानेबाटोबाट आएको पहिरोले सडक अबरुद्ध भएको हो । सडक अबरुद्ध भएपछि पर्वतको कुश्माबाट बागलुङ, म्याग्दी, मुस्ताङ जाने र ती जिल्लाबाट पर्वत हुँदै बाहिरिने सवारी साधन पनि चल्न पाएका छैनन् ।
अहिलेपनि निरन्तर बर्षा भएका कारण सडकबाट पहिरो पन्छाउन कठिनाई भइरहेको जिल्ला प्रहरी प्रमुख बिश्वमणी अधिकारीले जानकारी दिए । ‘बर्षा नरोकिदा पहिरो पन्छाउन कठिनाई भइरहेको छ’ उनले भने–‘पहिरो पन्छाउनका लागि बर्षा रोकिने प्रतिक्षा गरिरहेका छौ ।’ उनले पहिरो हटाउनका लागि डोजरसहितको ब्यवस्था तयारी अवस्थामा राखिएको पनि जानकारी दिए ।
लकडाउनका कारण यात्रुवाहक सवारी साधन सञ्चालनमा नआएपनि पहिरोले सडक अबरुद्ध भएपछि एम्बुलेन्स, दुध, तरकारीका सवारी साधन आवतजावत हुन नसक्दा समस्या भएको छ । पहिरोले सहस्रधारास्थित कालीगण्डकी क्रसर उद्योगमा क्षति पु¥याएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले पहिरोका कारण सहस्रधाराक्षेत्रका बस्ती नै उच्च जोखिममा रहेको बताए । नागरिकन्युजडटकमबाट
पहिरोले पोखरा–बागलुङ सडक अबरुद्ध


