spot_img

पर्वतको जलजला गाउँपालिकामा आपतकालीन कोष

पर्बत, चैत २०– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि पर्वतको जलजला गाउँपालिकामा आपतकालीन कोष खडा गरिएको छ । विहीवार सम्पन्न कार्यपालिकाको वैठकले रु ३० लाख रुपैयाको आपतकालीन कोष स्थापना गरेको हो । वैठकले पालिका भित्र मजदुरी गरेर जिविको पार्जन गरि बस्ने श्रमिकहरुलाई राहत समेत दिने निर्णय भएको छ । वैठकले गाउँपालिका स्थित मोहनचोकमा २० वटा बेडको क्वारेन्टाइन स्थापना गर्ने निर्णय समेत गरेको छ । राहत कोषमा गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल(रामकृष्ण) ले बिहीवारै ब्यक्तिगत  दुइ लाख रुपैया नगद सहयोग गर्नुभएको छ । उक्त रकम प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गर्नु भएको हो । कार्यपालिकाले बिपद कोषमा राहत सामाग्री साथै नगद सहयोग गर्नका लागि आव्हान समेत गरेको छ । सहयोगीहरुले गाउँपालिकामा सम्पर्क गर्न सक्ने बताउँदै पालिकाभित्र एकद्धार प्रणालीवाट राहत वितरण गरिने अध्यक्ष  यामबहादुर मल्लले जानकारी दिनुभयो ।

spot_img

भर्खरै