spot_img

काँग्रेस महासमिति सदस्य राधाकुमारी क्षेत्रीले बितरण गरिन शैक्षिक सामाग्री

पर्वत, भदौ २४–नेपाली काँग्रेसका महासमिति सदस्य एवम् युवा नेतृ राधाकुमारी क्षेत्रीले यहाँका दुई वटा बिद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेकी छन् । फलेबास नगरपालिका वडा नम्बर ६ देविस्थानमा रहेका चन्दन प्राथमिक विद्यालय र कालिका प्राथमिक विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री क्षेत्रीले बितरण गरेकी हुन । बिपन्न बालबालिका अध्ययन गर्ने उक्त बिद्यालयका बालबालिकालाई झोला, कापी, कलमसहितका शैक्षिक सामाग्री बितरण गरेको क्षेत्रीले जानकारी दिइन ।

नेपाली काँग्रेस पर्वत–काठमाडौ सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष जिवन क्षेत्रीको सहयोगमा प्राप्त भएको शैक्षिक सामाग्री नेतृ क्षेत्रीले दुई वटै बिद्यालयमा पुगेर बितरण गरेकी हुन । उनले बिपन्न र गरिब बालबालिका अध्ययन गर्ने बिद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री बितरणले उनीहरुको शैक्षिक प्रगतिमा टेवा पुग्ने बताइन । सरकारले सामुदायिक बिद्यालयमा लगानी गरेपनि त्यहाँ अध्ययन गर्ने बालबालिकाले प्राप्त मात्रामा शैक्षिक सामाग्री पाएनपाएको बिषयमा ध्यान पु¥याउन नसकेको सन्दर्भमा थोरै भएपनि यस्ता शैक्षिक सामाग्रीले बालबालिकालाई ठुलो राहत मिल्ने धारणा नेपाली काँग्रेसका नेतृ क्षेत्रीको रहेको थियो ।

कार्यक्रममा सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष क्षेत्रीले अहिले बिपन्न र गरिबका बालबालिका मात्रै अध्ययन गर्ने संस्थाजस्तो देखिएको सामुदायिक बिद्यालयमा सानो भएपनि सहयोग गर्न पाउदा खुशी लागेको बताए । नेपाल शिक्षक संघ फलेबास नगरपालिकाका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार शिवलगायतले बोलेका थिए ।

spot_img

भर्खरै