spot_img

काँग्रेसले ग¥यो बिपि जयन्तीमा स्मृति भवन निर्माणस्थल सरसफाई

पर्वत, भदौ २४–नेपाली काँग्रेस पर्वतले बिपि जयन्तीको सन्दर्भ पारेर कुश्मा नगरपालिका वडा नम्बर ४ स्थित बिपि स्मृति भवन निर्माणस्थलको सरसफाई गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम् भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला सभापति खिमप्रसाद भुसाल, महासमिति सदस्य गंगाधर तिवारी, महासमिति सदस्य राधाकुमारी क्षेत्री, महाधिवेशन प्रतिनिधि मुना भुसाललगायतका नेता कार्यकर्ताको उपस्थितिमा भवन निर्माणस्थल सरसफाई गरिएको हो ।
सरसफाईका अवसरमा नेपाली काँग्रेस पर्वतमा लामो समय सभापतिसमेत रहेका बर्तमान केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले बिपि जयन्तीको दिन पारेर सरसफाई गरिएको र अव छिट्टै भवन निर्माण सुरु गर्ने बताए । पुरानो निर्माण समितिसँग समन्वय र छलफल गरेर तीन तला रहनेगरी भवनको डिजाइनको तयारी भएको जोशीले जानकारी दिए । यसअघि लोकनाथ आचार्य नेतृत्वको समितिले डिपिसीसम्मको काम गरेको थियो ।

तर झण्डै १० बर्षअघिको उक्त निर्माणले थप्ने तला धान्ने÷नधान्ने बिषयमा प्राविधिकको सुझाब लिएर निर्णय लिइने पनि केन्द्रीय सदस्य एवम् भवन निर्माण समितिका संयोजक जोशीले बताए । ‘प्राविधिकको सल्लाहअनुसार नै पहिलेको संरचना भत्काउनपर्छ वा पर्दैन त्यसपछि निर्णय गर्छौ’ उनले भने ।
कुश्मा नगरपालिका वडा नम्बर ४ स्थित एकताचोकसँगै तत्कालिन सभापति एवम् बर्तमान केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी नेतृत्वको जिल्ला कार्य समितिले भवनका लागि १४ आना तीन धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गामा तत्कालिन सभापति नवराज गुरुङ नेतृत्वको जिल्ला कार्य समितिले २०६६ कार्तिक ११ मा पूर्वप्रधानमन्त्री एवम् बर्तमान सभापति शेरबहादुर देउवालाई ल्याएर शिलन्यास गराएको थियो ।
भवन हालसम्म अलपत्र छ । पहिले गाडिएका पिल्लरका रडमा खिया लागेको छ । भवनस्थल झाडीमा परिणत भएको छ । भदौ ५ गते जिल्ला सभापति खिमप्रसाद भुसालको अध्यक्षतामा बसेको जिल्ला कार्य समिति बैठकले पूर्वसभापति एवम् बर्तमान केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा बिपि स्मृति भवन निर्माण समिति गठन गरेको थियो ।
समितिको उपसंयोजकमा उपसभापति दुर्गाबहादुर खत्री, सचिवमा बिश्वप्रकाश प्रसाई, कोषाध्यक्षमा यामबहादुर मल्ल (रामकृष्ण) छन् । बैठकले भवन निर्माणलाई सघाउन भन्दै सभापति भुसालको नेतृत्वमा निर्देशक समिति गठन गरेको छ । समितिको उपसंयोजकमा महासमिति सदस्य एवम् पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी छन् ।

spot_img

भर्खरै