spot_img

पत्रकारमाथि छानबिन सुरु भएको विषयमा अमेरिकाको आपत्ति

काठमाडौं, जेठ ३–नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि सुरु भएको छानबिनको विषयमा आपत्ति जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

अमेरिकी दूतावासका प्रवक्ताले नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । ‘नेपाल सरकारले नेपाली नागरिकले सूचना प्राप्त गर्ने अधिकारमाथि प्रतिबन्ध लगाउन खोजेकोप्रति हामी आश्चर्यमा परेका छौँ,’ दूतावासका प्रवक्ताले भने ।

नेपाल सरकारले अर्को मुलुकको सरकारको संवेदनशीलता भन्दै स्वतन्त्र मिडियाको अधिकारीमाथि प्रतिबन्ध लगाउन खोजेको दूतावासको आरोप छ ।

spot_img

भर्खरै