spot_img

कर्मचारीले खान सिकाएको नगर प्रवक्ताको गुनासो

पर्वत, चैत २९–अहिले स्थानीय तहमा ब्यापक भ्रष्टाचार भएको गुनासो छ । स्थानीय तहले काम गर्ने वातावरण नभएको बताइरहेका छन् भने बाहिरबाट राम्रो काम नभएको गुनासो आइरहेको छ । यस्तो अवस्थामा नगरपालिकाकै प्रवक्ताले कर्मचारीकै कारण भ्रष्टाचार, अनियमितता र घोटाला भइरहेको दाबी गरेका छन् ।

फलेबास नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ४ का वडा अध्यक्ष टिकाराम गौडेलले कर्मचारीले आफुहरुलाई घुस खान सिकाएको बताएका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले यहाँ आयोजना गरेको कार्यक्रममा उनले जनप्रतिनिधिलाई धेरै कुरा थाहा नभएको तर के कसरी मिलाउने भन्नेमा कर्मचारीले सिकाउने गरेको खुलासा गरेका हुन ।

‘हामीलाई केही थाहा नै छैन तर कर्मचारीले हामी जनप्रतिनिधिलाई मिलाएर खान सिकाएका छन’ उनले भने । पर्वतका ६१ वटा वडामध्ये अधिकांश वडा अध्यक्ष सहभागी भएको उक्त कार्यक्रममा गौडेलले कर्मचारी इमान्दार भएमा स्थानीय तहमा भ्रष्टाचार भयो भन्ने गुनासै नआउने दाबी गरे । उनले फलेबास नगरपालिकामा कुनै भ्रष्टाचार नभएको र कसैले गरेमा आफै कारबाहीमा लाग्ने बताएका थिए ।

spot_img

भर्खरै