spot_img

काँग्रेस नेता गुरुङले ६० परिवारलाई बितरण गरे त्रिपाल

पर्वत, भदौ १३–नेपाली काँग्रेस पर्वतका पूर्वसभापति एवम् प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज गुरुङले जलजला गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत बितरण गरेका छन् । विभिन्न निकायसँग संकलन गरेर उनले बुधबार गाउँमै पुगेर ६० बढी परिवारलाई त्रिपाल बितरण गरेका हुन ।
बिदेशमा कार्यक्रममा गएका बेला जलजलामा घटना भएको भन्दै उनले फर्केलगत्तै बाढीपहिरो पीडितलाई भेट्न आएको बताए । दुई थोपा रगत रहदासम्म आफु जनताको सेवामा तत्पर रहेको भन्दै गुरुङले जलजला गाउँपालिका वडा नम्बर ७ स्थित धाइरिङ र वडा नम्बर ८ नाग्लीवाङका ६० परिवारलाई त्रिपाल बितरण गरेका छन् ।
बाढीपहिरो पीडितको पीडाले आफुलाई समेत दुखित बनाएको भन्दै उनले देश बिदेशमा रहेका निकायबाट थप राहतका लागि पहल गर्ने काँग्रेस नेता गुरुङले बताए । आफु बिदेश भएका कारण पीडित परिवारलाई समयमा भेट्न नपाएको भन्दै उनले पीडित परिवारको आवश्यकता र माग पुरा गर्न भरपूर लाग्ने प्रतिबद्धता उनले जनाएका थिए । उनले जनतालाई पीडा हुँदा काँग्रेस र कम्युनिष्टका रुपमा हेर्न नहुने भन्दै गुरुङले पीडितको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह पनि गरे ।

उनले १५ परिवारलाई भाडा र कम्मल समेत प्रदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ती पीडित परिवारलाई भाडा र कम्मल बितरण गरिएको थियो । गत साउन १ गत राती आएको भिषण बाढीपहिरोमा परी जलजला गाउँपालिका वडा नम्बर ८ का एक जनाको ज्यानसमेत गएको थियो । पहिरोमा परी वडा नम्बर ७ मा पाँच जना घाइते भएका थिए । जलजला गाउँपालिकामा झण्डै एक सय बढी परिवार प्रभावित भएका थिए ।
जलजला ७ मा राहत बितरण कार्यक्रममा वडा अध्यक्ष टुंङ्गनाथ शर्माले पीडित परिवारलाई त्रिपाल, भाडा र कम्मल बितरण गरेकोमा काँग्रेस नेता गुरुङलाई धन्यबाद दिए । कार्यक्रममा जलजला गाउँपालिकाका कार्यवाहक अध्यक्ष सिमा गर्बुजा पुन, वडा नम्बर ४ का अध्यक्ष एवम् विपत ब्यवस्थापन समितिका संयोजक भिष्म मल्ल, नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापति रुद्रबहादु्र रिमाल, काँग्रेस जिल्ला सदस्य लेखबहादुर गुरुङ, डा.चुडामणी शर्मा, कुलप्रसाद उपाध्याय, महाधिवेशन प्रतिनिधि रुद्रलाल उपाध्यायलगायतले बोलेका थिए ।

यसैगरी गुरुङले जलजला गाउँपालिका वडा नम्बर ८ का बाढी पहिरो पीडित परिवारलाई नगद हस्तान्तरण गरे । जलजला गाउँपालिकाले पीडित परिवारलाई बितरणका लागि निर्णय गरेको नगद राहत रकम उनले पीडित परिवारलाई बुधबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन ।
घर पुर्ण क्षति भएका ११ परिवारलाई जनही २५ हजार रुपैयाँको दरले गाउँपालिकाले उपलब्ध गराएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । जलजला गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिविकास जिसीले आफ्नो वडाका पीडित सबै परिवारले नगदसहितको राहत पाउने बताए । उनले नाग्लीवामा १६ परिवारको घर पूर्ण क्षति, ३३ घर उच्च जोखिम र ४२ घर प्रभावित भएको पनि जानकारी दिए ।

spot_img

भर्खरै