
पर्वत, जेठ ७–पैयूँमा नेपाल कम्युनिष्ट पार्टीको कार्यालय स्थापना गरिएको छ । नेकपा एमाले र नेकपा माओबादी केन्द्रबिच एकता भएपछि पैयूँ गाउँपालिकामा पहिलो पटक कार्यालय स्थापना गरिएको हो । जिल्लाका सात पालिकामध्ये पहिलोपटक पैयू गाउँपालिकामा कार्यालय स्थापना गरिएको हो ।
पैयूँमा एक कार्यक्रमकाबिच पैञ्यू गाउँपालिका वडा नम्बर ४ स्थित हातेमालोचोकमा कार्यालय स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टीका नेता जयनारायण तिवारीले जानकारी दिए । ‘जिल्लामै पहिलो पटक पैयूँ गाउँपालिकामा कार्यालय स्थापना गरिएको छ’ उनले भने ।
तिवारी र अर्का नेता उमाकान्त सुवेदीले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन । एकीकृत पार्टीमा समायोजना भएको सन्देश दिन पनि गाउँपालिकास्तरीय पार्टीको कार्यालय स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टीका नेता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख एवम् एमाले नेता यामकुमारी रानाले पर्वतको समग्र विकासका निम्ति स्थानीय तहले सञ्चालन गरेका सम्पूर्ण विकास निर्माणका कामहरुलाई सहज रुपमा सञ्चालन गरी सम्पन्न गराउन र मुलुकलाई परिवर्तनको आभास दिलाउन नेपाल कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएकी थिइन् ।
पैयूँमा नेकपाको कार्यालय स्थापना


