
पर्वत, चैत ५–पत्रकारलाई ज्यान लिने धम्की दिएका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० का निर्माण ब्यवसायी राजेन्द्र भण्डारीले अव आइन्दा कहिल्यै पनि धम्की नदिने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतमा सोमबार भएो छलफलमा नेपाल पत्रकार मसंघ पर्वतका अध्यक्ष एवम् नागरिक दैनिकका पर्वतस्थित संबाददाता छविलाल तिवारीलाई ज्यान मार्ने धम्की दिनु आफ्नु जीवनकै ठुलो भुल भएको भन्दै माफी मागेका हुन । निर्माण ब्यवसायी भण्डारीले अव आइन्दा आफुले पुर्ण प्रेस स्वतन्त्रताको सधै सम्मान गर्ने पनि बताएका छन् ।
‘अव आवेशमा रिसाउदा ठुलो गल्ती भएको छ, अव म समाचारको बिषयमा कुनैपनि पत्रकारलाई धम्क्याएर गल्ती गर्दिन’ नेपाल निर्माण ब्यवसायी संघ पर्वतका पूर्वअध्यक्ष रामचन्द्र जोशीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्वत गएका भण्डारीले भने–‘एक पटकलाई माफी दिनुस् अव म सच्चिन्छु ।’
उनले आफुले नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष एवम् नागरिक दैनिक पर्वतका सम्बाददाता छविलाल तिवारीलाई आवेशमा आएर खुट्टा भाचिदिने र ज्यान लिने धम्की दिएको प्रहरी र पत्रकारहरुसमक्ष स्वीकार गर्दै अव कहिल्यैपनि यस्तो नगर्ने दाबी गरे । ‘अव म सधै पत्रकारिताको सम्मान गर्छु, कहिल्यैपनि समाचार लेखेकोको बिषयमा पत्रकारलाई धम्क्याउने छैन’ उनले भने ।
पोखराका ठेकदार राजेन्द्र भण्डारीले लामो समयदेखि ठेकका लिएर पनि पर्वत र कास्की जोड्ने भुरुङ्दीखोलामाथिको पुल निर्माण कार्य अगाडी बढाएका थिएनन् । निर्माणको ठेक्का लिएर पनि काम नगरेका भण्डारीको बिषयमा निर्माणाधिन पुल अलपत्र पारेको भन्दै समाचार प्रकाशन गरेको थियो ।
समाचारको बिषयमा सोधपुछकै क्रममा तपाईलाई कसले सुचना दियो भन्दै सुचना दिनेलाई काटीदिने धम्की दिएका भण्डारीले समाचार प्रकाशन भएपछि नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीलाई फोन गरेर मेरो समाचार किन प्रकाशन गरेको भन्दै पर्वत आएर ज्यान मार्ने धम्की दिएका छन् ।
नले गत बिहिबार ४ बजेर १६ मिनेट जादा ९८५१०१०४३३ नम्बरको मोबाइलबाट फोन गरेर पुल अलपत्र परेको समाचार किन लेखेको भन्दै पर्वत आएरै ज्यान लिने धम्की दिएका हुन । निज भण्डारीको धाकछोप गर्दै निर्माण ब्यवसायी पर्वतका पूर्वअध्यक्ष रामचन्द्र जोशी नेतृत्वको टोली गएपनि भण्डारीले घटना स्वीकार गरेका हुन ।
गत फागुन २० गतेको नागरिक दैनिकमा निर्माणाधिन पक्की पुल अलपत्र शिर्षकमा समाचार प्रकाशित भएको बिषयलाई लिएर भण्डारीले धम्की दिएका हुन । मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ जोड्ने भुरुङ्दीखोलामाथिको निर्माणाधिन पुल ठेक्का लिएर तीन बर्षदेखि उनी सम्पर्कमा आएका छैनन् ।
विभिन्न अपशब्द बोल्दै भण्डारीले आफुले लिएको ठेक्काको काम गर्ने वा नगर्ने पत्रकारको चासो नभएको चेतावनी दिए । तेरो घर बनाउने ठेक्का लिएको हो, तलाई के को चासो काम गरौ वा नगरौ, पख् तलाई पर्वत नै आएर मारेर फ्याकिदिन्छु भनेर भण्डारीले धम्की दिएका हुन । भण्डारीले दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगतयत आधा दर्जनबढी संघसंस्थाले विज्ञप्तीमार्फत भत्र्सना गर्दै कारबाहीको माग गरेका छन् ।