spot_img

पत्रकारलाई धम्की दिने भण्डारी मोबाइल अफ गरेर फरार, मुद्दा दर्ताको तयारी

पत्रकारलाई धम्की दिने राजेन्द्र भण्डारी

पर्वत, चैत ४–पत्रकारलाई ज्यान लिने धम्की दिएका पोखराका निर्माण ब्यवसायी मोबाइल अफ गरेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतमा शुक्रबार ३ बजे उपस्थित हुने बताएका उनी त्यसपछि मोबाइल स्वीच अफ गरेर फरार भएका हुन । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष एवम् नागरिक दैनिकका पर्वतस्थित संबाददाता छविलाल तिवारीलाई ज्यान मार्ने धम्की दिएका उनलाई प्रहरीले खोजी कार्य सुरु गरेको जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले जानकारी दिए ।
‘मैले फोन गरेर तत्काल जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरे, भण्डारीले शुक्रबार ३ बजे आउने वचन दिएका हुन, तर आज (आइतबार)सम्म पनि आएनन्, उल्टै मोबाइल स्वीच अफ गरेर सम्पर्क बिहिन भएका छन्’ घिमिरेले भने–‘अब प्रहरीलाई समेत अटेर गरेको र पत्रकारलाई दिएको धम्कीका बिरुद्ध मुद्धा दर्ता गर्नैपर्ने भयो ।’ बिहिबार ४ बजेर १६ मिनेट जादा ९८५१०१०४३३ नम्बरको मोबाइलबाट फोन गरेर पुल अलपत्र परेको समाचार किन लेखेको भन्दै पर्वत आएरै ज्यान लिने धम्की दिएका भण्डारीले प्रहरीलाई नै पटक–पटक छलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भण्डारीबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा बिहिबार नै उजुरी दिइएको थियो । गत फागुन २० गतेको नागरिक दैनिकमा निर्माणाधिन पक्की पुल अलपत्र शिर्षकमा समाचार प्रकाशित भएको बिषयलाई लिएर भण्डारीले धम्की दिएका हुन । मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ जोड्ने भुरुङ्दीखोलामाथिको निर्माणाधिन पुल ठेक्का लिएर तीन बर्षदेखि उनी सम्पर्कमा आएका छैनन् ।
विभिन्न अपशब्द बोल्दै भण्डारीले आफुले लिएको ठेक्काको काम गर्ने वा नगर्ने पत्रकारको चासो नभएको चेतावनी दिए । तेरो घर बनाउने ठेक्का लिएको हो, तलाई के को चासो काम गरौ वा नगरौ, पख् तलाई पर्वत नै आएर मारेर फ्याकिदिन्छु भनेर भण्डारीले धम्की दिएका हुन । भण्डारीले दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगतयत आधा दर्जनबढी संघसंस्थाले विज्ञप्तीमार्फत भत्र्सना गर्दै कारबाहीको माग गरेका छन् ।

spot_img

भर्खरै