spot_img

गाउँपालिका अध्यक्षको घरमा शंकास्पद बस्तु, बमको आशंका


पर्वत, फागुन २९–पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारामा  शंकास्पद बस्तु फेला परेको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को घरमा शंकास्पद बस्तु फेला परेको हो ।
रातो प्लाष्टिकभित्र बेरिएको अवस्थामा प्रेसर कुकुर रहेको पाइएपछि प्रहरीले उक्त बस्तु बम भएको हुनसक्ने आशंका गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारास्थित मल्लको घरसँगै राखिएको निजि गाडीको टायरमा उक्त बस्तु फेला परेको जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले जानकारी दिएका छन् । हो ।
प्रहरीले उक्त बस्तु उठाएर कालीगण्डकी नदी तिरमा पु¥याएको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल आइपुगेको छ । टोलीले कुकर रहेको र रिमोर्टमार्फत बिस्फोट गर्ने बम हुनसक्ने आशंका गरेको छ । जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले बमको आशंकामा सेनाको बम डिस्पोजल टोली आएर निष्क्रिय पार्ने प्रयास गरिरहेको जानकारी दिए ।
यसैबिच गएराती जलजला गाउँपालिका वडा नम्बर ८ स्थित कालीगण्डकी नदीनजिकै एक ग१क ३६३७ नम्बरको जेसिबीमा अज्ञात समुहले आगो लगाइदिएको छ । राती १ बजेको समयमा बाबुराम कार्की र शिव घर्तीको नाममा रहेको उक्त जेसिबीमा आगो लगाइएको हो ।

spot_img

भर्खरै