spot_img

‘फस्ट हुने रहर छ’

काठमाडौं, फागुन १३ –सरल व्यक्तित्व र सामान्य जीवनशैलीका लालबाबु पण्डित सुशील कोइरालाको सरकारका पालामा सामान्य प्रशासन मन्त्री हुँदा विदेशी ग्रीनकार्ड र पिआर लिएका सरकारी कर्मचारीको जागिर जानेगरी कानुन बनाएका कारण चर्चामा आएका थिए ।

पण्डित अहिले फरक मन्त्रालयको जिम्मेवारी पाउने आशामा छन् । मन्त्री पण्डितसँगको संवाद आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । उक्त सम्वादको एक अंशः

अघिल्लो पटक मन्त्री बन्दाको सफलतालाई कायम राख्न सक्नुहोला ? नयाँ इतिहास कायम गर्न सक्नुहोला ?
-काम गर्ने सवालमा म जहाँ गए पनि फस्ट भएर काम गर्ने चाहना राख्ने व्यक्ति हुँ । मेरो यो बच्चै देखिको बानी हो । सिसु कक्षाबाट म एकैचोटि फड्केर कक्षा ६ मा पुगेको हुँ । त्यसपछि विद्यालयमा सधैं पहिलो हुने प्रयास गरेँ । क्याम्पसमा पनि मैले प्राइभेटबाटै उत्तिर्ण गरेँ ।

-यसअघि मन्त्री भएर काम गर्दा मैले अन्यले भन्दा राम्रो काम गरेर प्रथम हुने प्रयास गरेको हुँ । त्यसैले सबैभन्दा बढी समस्या भएको मन्त्रालय मलाई दिइयोस् भन्ने मेरो चाहना हो । अन्य मन्त्रीभन्दा काम गरेर एक नम्बरमा आउने लक्ष्य राखेको छु ।

spot_img

भर्खरै