spot_img

जबरजस्ती करणी उद्योगमा यसरी समातिए सुन्दर


पर्वत, माघ २९–प्रहरीले एक महिलालाई जबरजस्ती करणी उद्योग अपराधमा फलेबास नगरपालिका वडा नम्बर ६ का ३६ बर्षिय सुन्दरप्रसाद श्रेष्ठलाई समातेको छ । फलेबास नगरपालिका वडा नम्बर १० कुर्घास्थित एक महिलालाई जबरजस्ती गरेको स्थानीयले देखेपछि श्रेष्ठ फरार भएका थिए । गत बुधबार साझ भएको यो घटना प्रहरीले श्रेष्ठलाई कुश्माबजारबाट पक्राउ गरेपछि मात्रै सार्वजनिक गरेको हो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानगरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक देवीप्रसाद पौडेलले जानकारी दिए ।

spot_img

भर्खरै