spot_img

एमालेमा महिला हटे, माओवादीमा एक मात्र पुरूष

काठमाडौं, माघ २६ –राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको नतिजामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व पुर्‍याउने निर्वाचन आयोगको निर्णयले एमालेका दुई महिलाले सांसद हुनबाट वञ्चित हुनुपरेको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

यसअघि दुई जना मात्र पुरुष सांसद हुन पाउने अवस्था रहेको एमालेमा राष्ट्रियसभाको नतिजापछि चार जना पुरुष सांसद हुन पाउने भएका हुन्। खास आर्यतर्फकी शर्मिला कार्की र आदिवासी जनजाति कोटाकी रणकुमारी बलमपाकी मगरको नाम काटिएर दुवै कोटामा पुरुष सांसद हुन पाउने भएका हुन्।

आदिवासी जनजाति कोटामा विजय सुब्बा र मधेसी कोटाबाट मोतीलाल दुगड सांसद बन्न पाउने भएका छन्। यसअघि खस आर्यबाट मुकुन्द न्यौपाने र पिछडिएको कोटाबाट मोहन बानियाँ मात्र सांसद बन्न पाउने अवस्था थियो। एमालेले समानुपातिकमा ४१ सिट जितेको छ।

आयोगको निर्णयको प्रभाव माओवादी केन्द्रमा पनि पर्ने भएको छ। १७ जना समानुपातिकमा सांसद बनाउन पाएको माओवादीले अब एक जना मात्र पुरुषलाई सांसद बनाउन पाउने भएको छ। यसअघि माओवादीबाट दुई जना सांसद बन्न पाउने अवस्था थियो। कांग्रेसलाई भने त्यति फरक नपर्ने भएको छ। ४० सिट समानुपातिकमा पाएको कांग्रेसले २० जना पुरुषलाई सांसद बनाउन पाउने भएको छ।

spot_img

भर्खरै