पर्वत, पुस २४–स्वास्थ्य क्षेत्रको सुधारको नाममा पटक–पटक अनसन बस्दै आएका डा.गोबिन्द केसीमाथि सर्बोच्च अदालतले कारबाही गर्ने भएको छ । सर्वोच्च अदालत र न्यायाधिशबिरुद्ध अभिब्यक्ति दिएका डा. गोविन्द केसीलाई अदालतको अपहेलना गरेको भन्दै अदालतमा उपस्थित हुन सर्बोच्चले आदेश दिएको छ ।
उनले अदालतको मानमर्दन हुने र अशिष्ट गाली गरेको आरोपमा कारबाही गर्ने तयारी स्वरुप अदालतमा उपस्थित हुन आदेश दिएको हो । न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले भोलि मंगलवार बिहान ९ बजे उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको हो ।
सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले अदालतलाई अपहेलना गरेको न्यायाधीशहरुमाथि अपमानजनक शब्द बोलेको भन्दै रिट दर्ता गरेका थिए । सर्वोच्चले अदालतको अपहेलना गरेको र न्यायाधीशहरुलाई अपमानजनक शब्द प्रयोग गरेकोले किन कार्वाही नगर्ने भन्दै डाक्टर केसीलाई उपस्थित हुन आदेश गरेको हो । डा. केसीले सोमवारदेखि प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४ औं अनशन सुरु गरेका थिए ।