spot_img

घाइते भेटिएको चितुवा उपचारका क्रममा म¥यो

पर्वत, पुस २४–आइतबार यहाँ घाइते अवस्थामा भेटिएको चितुवा मरेको छ । फलेबास नगरपालिका वडा नम्बर ७ स्थित लिमिठानाको कच्ची सडकमा भेटिएको चितुवा कुश्मामा उपचारका क्रममा सोमबार बिहान मरेको हो । आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी र बन कार्यालयका कर्मचारीले चितुवालाई नियन्त्रणमा लिएर जिल्ला पशु सेवा कार्यालयमा ल्याएका थिए । खुट्टामा गम्भिर चोट लागेको चितुवाको शरिरका विभिन्न भागमा थिलथिल भएको भेटिएको थियो । जिल्ला पशु सेवा कार्यालयमा उपचारका क्रममा सोमबार बिहान चितुवा मरेको जिल्ला बन कार्यालय पर्वतका प्रमुख कृष्णप्रसाद ढकालले बताए ।
‘सोमबार म्याग्दीबाट उपचारका लागि विशेषज्ञसहितको टोली समेत मगाएका थियौ तर चितुवा म¥यो’ उनले भने । उक्त चितुवालाई कच्ची सडकमा सवारी साधनले ठक्कर दिएको अनुमान गरिएको छ । मरेको चितुवालाई जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको र पोष्टमार्टमपछि गाड्ने जिल्ला बन कार्यालय पर्वतका प्रमुख ढकालले जानकारी दिए ।

spot_img

भर्खरै