spot_img

जन्मदिनमा दृष्टिबिहिनलाई सामाग्री सहयोग

पर्वत, मंसिर २९–पछिल्लो समयमा जन्मदिनको अवसरमा पनि ठुलै भोजभतेर हुने गरेका छन् । आफ्नो जन्मदिनका अवसरमा साथीभाई, इष्टमित्र बोलाएर लाखौ रुपैयाँ खर्च गर्ने गरेको सार्वजनिक भइरहदा यहाँको एक जोडीले भने आफ्नो जन्मदिनमा दृष्टिबिहिनलाई सहयोग गरेका छन् । उनीहरुले जन्मदिनमा भोजभतेर नगरी उक्त रकमबाट दृष्टिबिहिनलाई विभिन्न सामाग्री सहयोग गरेका हुन ।
रोटरी क्लब अफ पर्वतका पूर्वअध्यक्ष एवम् पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष शिव शर्मा पौडेल र इनरह्वील क्लब अफ पर्वतका अध्यक्ष चन्द्रकला लम्सालले भोजभतेरमा खर्च गर्ने रकमबाट शिवालय उच्च मावि कुश्मामा अध्ययनरत १४ जना दृष्टिविहिन विद्यार्थीलाई काठको दराज, झोला, कपि कलम र सरसफाईका लागी सावुन, तुस्टपेष्ट, व्रस लगायतका सामग्री हस्तान्तरण गरेका हुन ।
ईनरह्लील क्लव अफ पर्वतको डिजि भिजिटको अवसरमा रोटरी क्लव अफ पर्वत र ईनरह्लील क्लव अफ पर्वतले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । उक्त सामाग्री ईनरह्विल क्लबका राष्ट्रिय अध्यक्ष कमला महर्जन सुवाल र सेक्रेटरी जोनु जोशीले संयूक्त रुपमा हस्तान्तरण गरेका थिए । ईनरह्लिल क्लव अफ पर्वतका अध्यक्ष चन्द्रकला लम्सालको अध्यक्षमा भएको कार्यक्रमको संचालन जलन केसीले गरेकी थिइन ।
यसैगरी रोटरी क्लव अफ पर्वतले आगलागी पीडित कुश्मा–५ वस्ने व्यवसायी सावित्री घर्तीलाई खाद्यान्न सहयोग गरेको छ । क्लवको वोर्ड वैठकको निर्णय अनूसार उक्त आगलागी पिडित घर्तीलाई दैनिक उपभोग्य सामाग्री प्रदान गरेको हो ।
कार्यक्रममा रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाई, पूर्व अध्यक्ष गणेशवहादुर क्षेत्री, प्रेम शर्मा, शिव शर्मा पौडेल, आगामी अध्यक्ष रामकृष्ण रेग्मी, कोषाध्यक्ष कृष्णप्रसाद शर्मा, आपाड्ग उत्थान समाजका कार्यक्रम संयोजक जगन्नाथ शर्मा, हरीदत्त शर्मा लगायतको उपस्थिति रहेको थियो ।

spot_img

भर्खरै