spot_img

काँग्रेस उम्मेदवार तिवारीले आफुले जितेमा तलबभत्ता नलिने घोषणा


पर्वत, मंसिर ९–यहाँका एक उम्मेदवारले आफुले जितेमा राज्यबाट पाउने तलबभत्ता नलिने घोषणा गरेका छन् । काँग्रेसबाट प्रदेशसभा अन्र्तगत पर्वत ख बाट उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले आफु बिजयी भएमा राज्यबाट पाउने तलबभत्ता नलिने घोषणा गरेका हुन ।
शनिबार शंकरपोखरमिा आयोजित चुनावीकोणसभामा उनले सेवासुविधा आफ्नै क्षेत्रको विकासमा लगानी गर्ने बताए । ‘मैले जितेमा राज्यबाट पाउने तलबभत्ता लिन्न, त्यसबापतको रकम पर्वतकै विकासमा लगानी गर्छु’ उनले भने ।
उनले आफुले पर्वतको विकासका लागि नयाँ सोचका साथ आएको भन्दै नयाँ नेपाल बनाउने सकारात्मक सोच भएका पर्वतेलीलाई साथ दिन आग्रह गरे । जहाँ ठाउँले खोजेको नेतृत्व युगमा एक पटक मात्रै आउने उल्लेख गर्दै तिवारीले यो अवसरलाई सबैले साथ दिनुपर्ने बताए । उनीसँग निवर्तमान सांसद एवम् एमाले नेता  विकास लम्साल प्रतिष्पर्धामा छन् ।

spot_img

भर्खरै