काठमाडौं, मङ्सिर ५–व्यवस्थापिका संसद विघटन भएको मंगलबार ४० दिन पुग्दासमेत भूतपूर्व भइसकेका धेरै सांसदले सुविधाको रुपमा पाएको कुटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छैनन् । संसद विघटन हुने अवधिसम्म कुल ५ सय ९१ सांसदमध्ये आधाभन्दा बढी सांसदले अझै रातो पासपोर्ट फिर्ता नगरेको संसद सचिवालयले जनाएको छ ।
अहिलेसम्म २ सय ५ जना सांसदले मात्र कुटनीतिक राहदानी फिर्ता गरेको संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको तथ्यांक छ । संसदको कार्यकाल सकिएको ७ दिनभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । (नेपाल समाचारपत्र दैनिक)