
पर्वत, मंसिर १ –नेपाली काँग्रेस पर्वत प्रदेस सभा क का उम्मेदवार नवराज गुरुङले आफुले जितेमा देशकै नमुना निर्वाचन क्षेत्र बनाउने उद्द्धोष गरेका छन् । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेस सभा निर्वाचनका क्रममा चुनावी अभियान लिएर पर्वतको मोदी गाउँपालिकामा पुगेका गुरुङले जिल्लामा भएका श्रोत साधनलाई परिचालन गरि पर्वत क लाई देशकै नमुना निर्वाचन क्षेत्र बनाउने बताए ।
‘यो क्षेत्रको मुख्य समस्या भनेको बेरोजगार हो, मैले बेरोजगार युवालाई विभिन्न सीपमुलक तालिम दिएर रोजगारमुलक काममा लगाउछु, युवाहरुलाई स्वदेस फिर्ता गरि गाउँमै बस्ने वातावरणको सृजना गर्छु,तपाईहरु ढुक्क हुनुहोस्’–गुरुङले भने–‘क्षेत्रमा अर्को मुख्य समस्या भनेको सडक हो, जितेको पाँच बर्षमा गाउँका सबै मुख्य सडक कालोपत्रे गर्ने सकिन भने, अर्को पटक गाउँमा छिर्ने नदिनुहोला।’ उनले क्षेत्रका मुख्य समस्यालाई नोट गरेको बताउँदै खानेपानी, शिक्षा, स्वास्थ्य लगायत अन्य आधारभुत कुरालाई ध्यानमा राखेर काम गर्ने दावी गरे ।
आफु निर्वाचन लड्न मात्र उम्मेदवार नबनेको बताउँदै नेता गुरुङले जनताको सेवक बन्न आएको दावी गरे । ‘यदि तपाईहरु पर्वत जिल्लालाई समृद्धि भएको देख्न चाहानुहुन्छ भने, एक पटक नवराज गुरुङलाई जिताउनुहोस् तपाईहरुलाई गुनासो गर्ने ठाउँ दिन्न’ गुरुङले भने । आफु निर्वाचित भए यहाँका नागरिकहरुको भावना र समस्या बुझेर काम गर्ने उनको दावी छ ।
‘आफु एक गरिव परिवारको छोरा भएका कारण गरिव, दुखी, दलित एवम् पछाडी पारिएका वर्गहरुका समस्या बुझ्न सक्ने सामथ्य रहेको गुरुङको भनाई छ, ।’ उनलले पर्वतवासीलाई रुख चिन्हमा मतदान गर्ने आब्हान गदै जनताको भावना बुझेर काम गर्ने अठोट गरे । माओवादी र काँग्रेस विच रातरात भएको एकताले आफुलाई समेत अचम्ममा पारेको बताउँदै भ्रम नपर्न पर्वतवासी जनतालाई आग्रह गरे । उनले बामगठबन्धनले जिते मुलुकमा अधिनायकवाद आउने बताउँदै प्रजातन्त्र र लोकतन्त्रको पक्षमा उभिन सम्पूर्ण मतदातालाई अनुरोध गरे ।


