spot_img

आर्थरबासीले भने–‘हर्कबहादुर गुरुङका हत्यारालाई भोट हाल्दैनौ, अर्जुन र नवराजलाई जिताउछौ’

पर्वत, कार्तिक २५–प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारका क्रममा आर्थरडाडाखर्क पुगेको काँग्रेसको टोलीलाई स्थानीय मतदाताले भारी मत दिएर पठाउने बचन दिएका छन् । उनीहरुले हर्कबहादुर गुरुङको हत्या गर्नेहरु गाउँमा चुनावी प्रचारमा आउन लागेकोमा आक्रोशित हुँदै स्थानीयले काँग्रेसका उम्मेदवारलाई भोट नदिए हर्कबहादुर गुरुङको आत्माले सराप्ने बताए ।
जनताले शान्ति, स्थिरता, विकास र समृद्धि चाहेको भन्दै आर्थरबासीले जनताको नाममा जनता मार्नेहरुलाई भोट दिनै नसक्ने बताएका थिए । ‘हाम्रो गाउँमा मत माग्ने तयारीमा होलान तर हर्कबहादुर गुरुङको हत्या गर्नेलाई भोट होइन होइन हराएर पठाउछौ’ आर्थरका मनोज गुरुङले भने ।
नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा विकासबादी नेताहरु अर्जुनप्रसाद जोशी र नवराज गुरुङ उठाएको भन्दै उनले पर्वतको समृद्धिका लागि काँग्रेसलाई जिताउन आग्रह गरे । आर्थरको विकासमा नेपाली काँग्रेसले सबैभन्दा ठुलो भूमिका खेलेको भन्दै मनोज गुरुङले भने–‘आर्थरमा सडक ल्याउने, बिजुली ल्याउने, खानेपानी, पुर्वाधार विकास गर्ने नेपाली काँग्रेस नै हो ।’
उनले आर्थरमा एमाले माओबादीले काँग्रेसले ल्याएको विकासलाई भत्काउने र खाने मात्रै गरेको बताए । प्रचारप्रसारका क्रममा चुनाबीसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसको तर्फबाट पर्वत प्रदेशसभा क का उम्मेदवार नवराज गुरुङले आफ्नो सपना भनेकै पर्वतको विकास र समृद्धि रहेको उद्द्धोष गरे ।
उनले समाजमा हत्या, हिंसा, आतंक मच्चाउनेलाई नभई मुलुकको विकास चाहने पार्टीलाई मत दिएर जिताउन आग्रह गरे । मुलुकमा कम्युनिष्टको तानाशाही शासन रोक्न र मुलुकको स्थायित्वका लागि काँग्रेसको विकल्प नरहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति एवम् प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार खिमप्रसाद भुसाल, पूर्वसभापति एवम् प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार लालकाजी गुरुङ, प्रदेशसभाका समानुपातिक उम्मेदवार ललितकला गुरुङ, चुनाव प्रचारप्रसार समितिका संयोजक एवम् जिल्ला सचिव विश्वप्रकाश प्रसाई, कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने, जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य कुलप्रसाद पाध्या, नेपाल तरुण दल पर्वतका अध्यक्ष राज मल्ल, काँग्रेसका नेता राम शर्मा पौडेल, प्रेम विक लगायतले बोलेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नम्बर १४ का सभापति रुद्रमोहन रिमालको अध्यक्षतामा भएको थियो ।

spot_img

भर्खरै